×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सप्तकोशीको वैशाख १५ मा एसजीएम हुँदै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – वैशाख १५ गते सप्तकोशी डेभलपमेन्ट बैंकको विशेष साधारण सभा हुने भएको छ । बैंकले सभामा कार्यक्षेत्र विस्तार गर्ने विशेष प्रस्तावका साथ उक्त कार्यक्षेत्र विस्तार गर्न कम्पनीको प्रबन्धपत्र तथा नियामावली संशोधन गरिने एजेन्डा पनि राखिएको छ । विशेष साधारण सभा उद्योग संगठन मोरङ, विराटनगरमा बिहान ११ सुरु हुनेछ । सभा प्रयोजनका लागि बैंकले चैत ३० देखि बैशाख १५ गतेसम्म बुक क्लोज गर्नेछ । 
बैंकको यसअघि माघ १३ गते सम्पन्न साधारण सभाले गत वषको नाफाबाट ४.७८% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ । चुक्ता पुँजी ४८ करोड ५३ लाख रुपैयाँ रहेको यस बैंकको ४.७८% बोनसपछि चुक्ता पुँजी ५० करोड ३८ लाख ४३ हजार १४९ रुपैयाँ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: