×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

साङ्ग्रिलाको बाँडफाँटमा नपरेको रकम बिहीवारदेखि खातामा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा बिहीबारदेखि फिर्ता दिन सुरु गरेको छ । बैंकले बाँडफाँटमा नपरेको सेयर वापतको रकम आवेदकले दरखास्त फारममा उल्लेख गरेको बैंक खातामा फिर्ता पठाउन थालेको हो । बैंक खाता उल्लेख नगरेका आवेदकले भने वैशाख ५ गतेभित्र प्रभु क्यापिटल कमलादी, काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ । 
लिलामी सेयर पाएकाहरुलाई भने नेप्से र सीडीएस एन्ड क्लियरिङमा सूचीकृत भएपछि मात्र डिम्याट खातामा पठाइनेछ । सांग्रिलाले चैत १३ देखि २० गतेसम्म संस्थापक समूहको ३ लाख ९२ हजार ७७२.५० कित्ता र सर्वसाधारणको ५ लाख ९ हजार २२५ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । यसको बाँडफाँट चैत २३ गते भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: