×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्री इन्भेष्टमेन्टको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम म्याद, क-कसले भर्न पाइने ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ बैशाख २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

श्री इन्भेष्टमेन्टको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम म्याद, क-कसले भर्न पाइने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौ – श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीको संस्थापक समूहको २ लाख ७७ हजार ९९६.५३ कित्ता लिलामी सेयर भर्ने आज अन्तिम दिन हो । कम्पनीले चैत २८ गतेदेखि दोस्रोपटक संस्थापक समूहको सेयर सर्वसाधारणले पनि भर्न पाउने गरि लिलामी खुला गरेको हो ।
यसमा सर्वसाधारण व्यक्ति, कम्पनी तथा संस्थाहरुले पनि आवेदन दिन सक्नेछन् । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । 
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्साल, काठमाडौं तथा श्री इन्भेष्टमेन्ट फाइनान्सको केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौं र विराटनगर, भैरहवा शाखाबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिद्धार्थ बैंकको विरगञ्ज, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: