×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

श्री इन्भेष्टमेन्टको संस्थापक सेयर लिलामी खुला, कस-कसले आवेदन दिन पाउने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले बुधबारदेखि संस्थापक समूहको २ लाख ७७ हजार ९९६.५३ कित्ता सेयर पुनः लिलामी बिक्री खुला गरेको छ । यसमा सर्वसाधारण व्यक्ति, कम्पनी तथा संस्थाहरुले पनि आवेदन दिन सक्नेछन् । बोलपत्र पेश गर्ने अन्तिम म्याद वैशाख ५ गते छ ।
यो लिलामीमा सर्वसाधारणले पनि किन्न पाउने गरी फेरि लिलामीमा ल्याइएको छ ।
यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्साल, काठमाडौं तथा श्री इन्भेष्टमेन्ट फाइनान्सको केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौं र विराटनगर, भैरहवा शाखाबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिद्धार्थ बैंकको विरगञ्ज, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: