शुभम पावरले पायो आइपीओ निष्कासन अनुमति

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - शुभम पावर लिमिटेडले धितोपत्र बोर्डबाट आइपीओ निष्कासन गर्ने अनुमति पाएका छन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई आइपीओ बिक्री गर्न लागेका हुन् । 

कम्पनीले २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता सेयर निष्कासन गर्नेछ । यसको बिक्री प्रबन्धकमा सीबीआइएल क्यापिटल लिमिटेड रहनेछ ।

शुभम पावर लिमिटेडको संखुवासभामा एक मेगावाटको हाइड्रोपावर आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले आइपीओ संखुवासभाका आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गर्न लागेको हो ।
प्रकाशित : Thursday, April 12, 2018

recent

Popular Posts