×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्टान्डर्ड चार्टर्डको कमालको प्रगति, खुद नाफा ४१.८४% वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा स्टान्डर्ड चार्टर्ड बैंकले  ५० करोड ९६ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत वर्षको तुलनामा खुद नाफा ४१.८४% ले वृद्धि भएको छ । बैंकको खुद ब्याज आम्दानी ४३.७९% ले बढेर २ अर्ब २३ करोड ६८ लाख २० हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ४३.३४% वृद्धि गरेर २ अर्ब ३१ करोड ३५ लाख ३३ हजार रुपैयाँ पुर्याउन चार्टर्ड सफल भएको छ ।  ४ करोड ५८ लाख ६ हजार रुपैयाँ राइट ब्याक गरेको यो बैंकले प्रोभिजनमा १३ करोड ८८ लाख ९० हजार रुपैयाँ राखेको छ ।
यता, चार्टर्डको यस अवधिमा निक्षेप संकलन भने १२.२९% ले घटेको छ । कर्जा लगानी २४.२३% बढाउन बैंक सक्षम देखिएको छ । यो त्रैमाससम्म चार्टर्डले ६१ अर्ब १ करोड ५० लाख ४५ हजार रुपैयाँ निक्षेप संकलन गरी ४६ अर्ब ४० करोड ६९ लाख ९ हजार रुपैयाँ कर्जा लगानी गरेको हो । खराब कर्जा ०.२१% मा सीमित छ भने कस्ट अफ फन्ड ३.८०% छ । गत वर्ष खराब कर्जा ०.२३% र कस्ट अफ फन्ड २.६२% थियो । 
चुक्ता पुँजी ११३.६४% ले वृद्धि गर्दै ८ अर्ब १ करोड १४ लाख ३१ हजार रुपैयाँ पुर्याएको छ । चुक्ता पुँजी वृद्धि गर्न यस बैंकले १००% बेनस सेयर वितरण गरेको थियो । चार्टर्डको रिजर्भ कोषमा ५ अर्ब ३६ करोड २२ लाख ३२ हजार रुपैयाँ छ ।
यता, चुक्त पुँजी भारी मात्रामा वृद्धि हुँदा प्रतिसेयर आम्दानीमा असर परेको छ । गत वर्ष ३७ रुपैयाँ ८४ पैसा रहेको प्रतिसेयर आम्दानी यसपालि २५ रुपैयाँ १२ पैसामा झरेको छ । प्रतिसेयर नेटवर्थ पनि २२९ रुपैयाँ ३ पैसाबाट घटेर १६६ रुपैयाँ ९३ पैसामा आएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: