सनराइज बैंकको नयाँ शाखा धनुषाको औरहीमा

काठमाडौं - बैङ्किङ पहुँच नपुगेका सबै गाउँपालिका तथा नगरपालिकामा वाणिज्य बैङ्कको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्यअनुरूप सनराइज बैङ्कले धनुषाको औरही गाउँपालिकामा शाखा सञ्चालन गरेको छ । सोमवार आयोजित एक कार्यक्रमबीच औरही गाउँपालिका अध्यक्ष ब्रह्मदेव यादव र बैङ्कका नायब महाप्रबन्धक अपछकुमार यादवले संयुक्त रूपमा उक्त शाखाको उद्घाटन गरेका हुन् । 

बैङ्कले आइतवारदेखि रौतहटको दुर्गाभगवती र जुम्लाको गुठीचौरबाट पनि सेवा सञ्चालन गरेको थियो । हाल बैङ्कले देशभर ७९ शाखा, ९५ एटीएम, २० शाखारहित बैङ्किङ सेवा एवम् तीन एक्सटेन्शन काउण्टरमार्फत आधुनिक बैङ्किङ सेवा प्रदान गर्दै आएको छ ।

औरही शाखा सञ्चालनले यहाँका व्यवसायी तथा सर्वसाधारणलाई वित्तीय कारोबार गर्न सहज हुने बैङ्कको विश्वास छ । स्थानीय तहमा छरिएर रहेको बचत परिचालन गरी सोही क्षेत्रका उद्योग व्यवसायमा टेवा पु¥याउने उद्देश्यले शाखा सञ्चालन गरिएको बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित : Tuesday, April 10, 2018

recent

Popular Posts