×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सपोर्ट माइक्रोफाइनान्सको एजीएम हुँदै, सभामा यस्तो प्रस्ताव पेस गर्दै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको तेस्रो वार्षिक साधारण सभा बिहान ११ बजेदेखि दुर्गा पार्टी प्यालेस, इटहरी उपमहानगरपालिका आइतबारेमा सुरु भएको छ । सपोर्टले १० जिल्लाबाट कार्यक्षेत्र बढाएर १९ जिल्ला पुर्याउने विशेष प्रस्ताव पेश गरेको छ । कम्पनीले प्रदेश १ को झापा, इलाम, ताप्लेजुङ्, मोरङ, संखुवासभा, ओखलढुंगा र सोलखुम्बु तथा प्रदेश २ को सिराहा र सप्तरीमा नयाँ शाखा कार्यालय थप गर्न लागेको हो । 
त्यस्तै, मुख्य कार्यालय इटहरीको वडा नम्बर २६ बाट इटहरीकै वडा नम्बर १ मा सार्ने प्रस्ताव पनि साधारण सभामा पेश हुँदैछ । प्रमुख कार्यकारी अधिकृतको तलब तथा सञ्चालकहरुको बैठक भत्ता सम्बन्धी नियमावलीहरु संशोधन गर्ने एजेन्डा पनि रहेका छन् ।
आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन र सोही वर्षको वासलात तथा नाफा नोक्सान सम्बन्धी प्रस्ताव पनि सभामा पेश हुनेछ । साधारण सभा गर्न सपोर्टले चैत १६ देखि चैत २९ गतेसम्म बुक क्लोज गरेको छ । यो माइक्रोफाइनान्सले गत असोज १८ देखि २३ गतेसम्म १ लाख ८० हजार कित्ता आइपीओ पनि निष्कासन गरेको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: