×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माअोवादीका केन्द्रीय नेता तिवारी बेपत्ता

कपिलवस्तु – कपिलवस्तु सदरमुकाम तौलिहवाबाट माओवादी केन्द्रका एक नेता बेपत्ता भएका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य कपिलवस्तु नगरपालिका ३ बस्ने सुशील तिवारी चैत २६ गते दिउँसोदेखि बेपत्ता भएका हुन् ।
उनि बेपत्ता भएपछि खोजी गरीदिन आग्रह गर्दै परिवारले पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलन मार्फत परिवारजनले खोजीका लागि पहल गरिदिन पार्टी नेकपा माओवादी केन्द्र र प्रहरीसँग आग्रह गरेका छन् ।
बाणगंगा नगरपालिका–६ कोपवा घर भएका तिवारी हाल कपिलवस्तु नगरपालिका ३ मा बस्ने गरेका थिए । उनि चैत २६ गते दिउँसोदेखि बेपत्ता भएका हुन् । तिवारी नेकपा माओवादी केन्द्रका केन्द्रीय आयोजक समितिका सदस्य रहेको पार्टीका जिल्ला इन्चार्ज भानु प्रकाश श्रेष्ठले जानकारी दिएका छन्।
पत्रकार सम्मेलनमा बोल्दै उनका भाई अन्निल तिवारीले दाजु दिउँसो घरबाट तौलिहवा गएका र साँझसम्म घर नआएपछि बेपत्ता भएको भन्दै खोजि गरिदिन आग्रह गरेका छन् । तिवारी चढ्ने मोटरसाइकल कपिलवस्तु नगरपालिका कार्यालय अगाडि भेटिए पनि उनका बारेमा केही पत्तो लाग्न सकेको छैन । यस बारेमा माओवादी केन्द्रको केन्द्रीय कार्यालयले भने आफ्नो धारणा सार्बजनिक गरेको छैन ।
यस्तै उनि बेपत्ता भएको सूचना पाउनासाथ उनको खोजी कार्य ब्यापक पारिएको कपिलवस्तु प्रहरीले बताएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: