उदयपुरको नेपालटारमा आगलागी हुँदा बाह्र घर जलेर नस्ट, एक वृद्धा बेपत्ता

उदयपुर - नेपालटार बजारमा हिजो राति ११ बजेदेखि भीषण आगलागी हुँदा १२ वटा घर जलेर नष्ट भएको छ । आगलागीबाट एक वृद्धा बेपत्ता भएकी छिन् भने ६ करोडभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

११ बजे राती पूर्वप्रहरी हवल्दार नारायण तामाङको घरबाट आगलागी सुरु भएपछि ३ बजेसम्ममा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको थियो । आगलागीबाट तामाङकी ७० वर्षीया आमा बारीमाया तामाङसमेत बेपत्ता भएको र आगलागी सुरु भएपछि ढिलो खबर प्राप्त भएका कारण ठुलो क्षती पुगेको प्रहरीले बताएको छ ।

कटारी नगरपालिका र त्रियुगा नगरपालिकाबाट दमकल मगाएर प्रहरी तथा स्थानीयवासीको प्रयासपछि आइतबार बिहान ३ बजे मात्र आगलागी नियन्त्रणमा आएको हो । तामाङको घरमा रातिको समयमा धामी बसाएकोले आगो सल्केको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रकाशित : Sunday, April 08, 2018

recent

Popular Posts