×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१७९०० को सामान बेच्दा २१५८ को बिजक, न्यूरोडका पसलहरुमा खुलेआम लुट ! रमिते बन्दै नियामक (प्रमाणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- अन्डरइन्भोईसीङ अर्थात कम मूल्यको बिजक जारी गर्नुलाई अपराध मानिएपनि कम मूल्यको बिजक जारी गर्ने कामले बजारमा तिब्रता आएको छ । विशेषगरी इलोक्ट्रोनिक सामान र हार्डवेरका सामानहरुमा यस्तो छली हुँदै आएको छ । अझ पछिल्लो समय त बच्चाहरुका लागि प्रयोग हुने सामानहरुमा पनि व्यापक भ्याट छली पाइएको छ । इस्टिमेटमा एउटा मूल्य राख्ने, सोहि मूल्य लिने र निकै कम मूल्यको मात्र बिजक जारी गरेर कम विक्री देखाई नेपाल सरकारलाई छल्ने काम हुँदै आएका बेला अर्थ सरोकार डटकमले एउटा त्यस्तै प्रमाण फेला पारेको छ ।
शिवांक इम्पेक्सको यस्तो कर्तुत :
एक पटक तलको इस्टिमेट हेर्नुहोस् । कम्पनीले कुल १७९०० रुपैयाँको सामान बेचेको छ । किन्ने ग्राहकले पनि १७९०० रुपैयाँ नै तिरेका छन् । तर उक्त फर्मले दिएको बिल हेर्नुहोस् । जम्मा २१५८ रुपैयाँको बिजक जारी गरिएको छ । नियमअनुसार १७९०० रुपैयाँ को सामान विक्री गर्दा भ्याट बाहेक १५८४०.७० हुन आउँछ र यसको भ्याट २०५९.२९ रुपैयाँ हुन आउँछ । तर बिजक मात्र २१५८ रुपैयाँ जम्माको जारी गरिएको छ र यस वापत उक्त फर्मले सरकारलाई २४८.३० रुपैयाँ मात्र भ्याट बुझाउनछ । यो एउटा बिजकबाट मात्र फर्मले सरकारलाई बुझाउनु पर्ने १८१०.९९ रुपैयाँ ठगेको छ । फर्मले दिनमै लाखौँको कारोबार गर्छ भने बार्षिक करोडौं रुपैयाँको भ्याट छली गर्छ । तर यसरी गैरकानुनी रुपमा भ्याट छली गर्ने कम्पनीलाई कुनै पनि कारवाही भएको छैन । 
के भन्छन् नियामक ग्राहक र पसलका सञ्चालक ?
यस विषयमा हामीले आन्तरिक राजश्व विभागमा बुझेका थियौं । ‘अन्डरइन्भोईसीङ’ गर्नु सरासर अपराध हो । जति मूल्य तिरिएको छ, त्यतिको बिजक जारी हुनुपर्छ ।’ विभागका सुचना अधिकारीले अर्थ सरोकार डटकमसँग भने, ‘जो कोहिले यस्तो गलत काम गर्छ भने त्यो सजायको भागीदार हुनै पर्छ ।’ यता उक्त सामान खरिदकर्ताले समेत आफु ठगिएको गुनासो पोखेका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने, ‘यसो त देशको राजश्व छल्यो विक्रेताले । अर्कोतर्फ हामीले पैसा तिरेपनि खरिदमा बुक गर्न पाएनौं । मैले पूरै मूल्यको बिल चाहिन्छ भन्दा पनि उहाँहरुले दिनुभएन ।
यता यस विषयमा बुझ्न हामीले शिवांक इम्पेक्सका प्रोप्राइटर जे एस प्रोप्राइटरलाई फोन गरेका थियौं । उक्त समय उनी बाहिर रहेको भन्दै उनकी श्रीमतीले पछी कल गर्न लगाउने बताईन् । त्यसपछि उनीसँग सम्पर्क हुन सकेन ।  एउटा बिलमा नै यति धेरै भ्याट छल्ने संचालकले सोहि अनुसारको आयकर पनि छली गर्ने कुरामा शंका छैन । यसै पनि कम विक्री देखाउने बितिकै कर छली नै हालिन्छ ।  हेर्नुहोस् संचालकको विवरण :

आन्तरिक राजश्व कार्यालयमा यो फर्म २०६१ सालमा दर्ता भएको देखिन्छ । यो फर्म करदाता सेवा कार्यालय नयाँसडकको मातहतमा पर्छ ।  २०६१ सालदेखि हालसम्म यो फर्मले कति भ्याट छली गर्यो होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: