×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाली बजारमा वार्सर्टाइनर वियर

काठमाडौं – वार्सटाइनर बियर नेपाली बजारमा आएको छ । जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज अन्तर्गतको राज ब्रुअरी प्रा.लि.को हाकुई नवलपरासी स्थित अत्याधुनिक फ्याक्ट्रीमा बिहीबार औपचारिक रुपमा सार्वजनिक गरिएको हो ।
कार्यक्रममा वार्सटाइनर ग्रुप बोर्डको धनी तथा अध्यक्ष क्याथरिना क्रोमर तथा जर्मन प्रतिनिधिहरु, राज ब्रुअरी प्रा.लि.का प्रतिनिधिहरु, प्रेसका सदस्यहरु तथा अन्य विशिष्ट व्यक्तिहरु माझ वार्सटाइनर बियर सार्वजनिक गरिएको हो ।
कम्पनीले देशभर फैलिएको आफ्नो वितरण सञ्जालद्वारा वार्सटाइनर प्रिमियम बियर देशभरका बियर पारखीहरु माझ उपलब्ध गराइने छ ।
क्रोमर नाम सन् १७५३ देखि नै वार्सटाइनर सँग परिचित हुँदै आएको छ । क्याथरिना क्रेमरको नेतृत्वमा आज यस परिवारको नवौँ पुस्ताले वियर उत्पादनमा उत्कृष्टताको लामो इतिहास बोकेको छ ।
वार्सटाइनर ग्रुप जर्मनीको अग्रणी स्वतन्त्र ब्रुअरी हो जो उत्कृष्ट बियर उत्पादन गर्न २६० बर्ष भन्दा पहिले देखि प्रख्यात छ । वार्सटाइनर ब्राण्ड जर्मनीको सबैभन्दा सफल ब्रुअरीहरु मध्य एक हो । वार्सटाइनर प्रिमियम बियर ६० भन्दा बढी अन्तर्राष्ट्रिय बजारहरुमा उपलब्ध छ ।
बर्षैभरी निरन्तर उच्च स्तरीय बियर उत्पादत गर्ने प्रतिबद्घताका साथ वार्सटाइनर ब्रुअरीले विश्वस्तरीय प्रविधि, नविन नाप तौल तथा अत्याधुनिक उत्पादन प्रविधि द्वारा प्रिमियम बियरको उत्पादन गर्ने अठोट लिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: