बजेट अनुशासन उल्घंंन हुँदा देशको ढुकुटी रित्तो छ : अर्थमन्त्री डा. खतिवडा

काठमाडौं - अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट अनुशासन उल्घंंन भएका कारण देशको ढिकुटी रित्तो भएको जानकारी गराएका छन् । श्वेतपत्र जारी गर्नुपुर्व संसदलाई जानकारी गराउन रोष्टममा उभिएका अर्थमन्त्री खतिवडाले योजना र शिर्षक बिना नै रकम खर्च गरेका कारण देशको आर्थिक अबस्था डरलाग्दो अबस्थामा पुगेको बताएका छन् । उनले अहिलेको अर्थतन्त्रमा चुनौती मात्र नभई बाटो विराएर रुमलिएको बताए ।

उनले वैदेशिक सहायता आउन क्रम कम भएको र रेमिटेन्स समेत घट्दो अवस्थामा भएको बताए । बजेट अनुशासन उल्लघंन भएर देशको ढुकुटी रित्तो हुने अवस्थामा पुगेको डरलाग्दो अबस्थाको चित्रण गरे ।

सवै व्यापारिक कार्य चूनौतीमा छ। अर्थतन्त्र अनौपचारिक रुपमा रुमल्लिएको छ। वैदेशिक सहायता आउन छाडेको छ। विप्रेषण कम आएको छ। आन्तरिक पुँजीबजार सबलहुन सकेको छैन। विकास र आयोजनाको गति धिमा छ। सबै योजनाहरु समयमै सकिन सकेको छैन अर्थतन्त्रका चुनौतिहरु सुनाउँदै खतिवडाले भने नेपालको लगानीको वातावरण सहज छैन। सन २०२२ मा विकासशिल राष्ट्र हुन असम्भव देखिएको छ।
प्रकाशित : Sunday, April 01, 2018
,

recent

Popular Posts