×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मध्यपुर थिमी नगरपालिकाका मेयरमाथि स्थानीयको आक्रमण, करको दुरुपयोग र चरम भ्रष्टाचार गरेको आरोप !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ बैशाख २०७५, शनिबार

PRIME CA
laxmi sunrise bank

मध्यपुर थिमी नगरपालिकाका मेयरमाथि स्थानीयको आक्रमण, करको दुरुपयोग र चरम भ्रष्टाचार गरेको आरोप !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- एमालेबाट बिजय भएका भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका मेयरमा मदनसुन्दर श्रेष्ठमाथि स्थानीयले आक्रमण गरेको खबर छ । शनिबार साँझ करिब ६ बजेतिर श्रेष्ठमाथि गठ्ठाघरस्थित उनकै घर अगाडी स्थानीयले आक्रमण गरेका हुन् । उनको गाडीसमेत तोडफोड भएको छ । श्रेष्ठ चढेको बा ८ च ८७२० नं. को गाडीमा तोडफोड भएको  हो। आक्रमणपछि प्रमुख श्रेष्ठ भागेर नजिकैको मोबाइल पसलमा गएर लुकेका थिए ।
जनताले तिरेको करको दुरुपयोग गरेको र चरम भ्रष्टाचार गरेको भन्दै उनीमाथि आक्रमण गरेको स्थानीयले जनाएका छन् । आक्रमणबाट श्रेष्ठ]को गाडीमा क्षति पुगेको छ । उनको अवस्थाबारे केहि जानकारी नआएपनि उनीमाथि आक्रमण भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । आक्रमणकारीको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त, थिमीका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले  अर्थ सरोकार डटकमलाई जानकारी दिएका छन्  ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: