×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मालपोत कार्यालयबाट २ लाख घुससहित २ कर्मचारी पक्राउ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले २ लाख रुपैयाँ घुस सहित मालपोत कार्यालय सुर्खेतका २ जना कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ ।
सेवाग्राहीसँग घुसलिदै गर्दा केहि मिनट अघि मात्रै अख्तियारको टोलिले मालपोत कार्यालय परिसरबाटै दुई कर्मचारीहरुलाई रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेमा मालपोत कार्यालय सुर्खेतमा कार्यरत खरिदारद्वय धर्मराज सुवेदी र ओमबहादुर सुनार रहेका छन् । गिरफ्तार पछि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: