×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘घर बनाउँदा ‘बाज’ सिमेन्ट प्रयोग गर्नुभयो ? सानो भूकम्प आओस् त, तपाईंको घर ‘कन्फर्म’ ढल्छ !’ [अप्रेशन-१]

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – घर, मात्र ‘घर’ हुँदैन धेरैका लागि । घर, एउटा सपना र सायद ‘सबथोक’ हुन्छ कसैका लागि । धेरैका लागि । तर आलु किन्दा ३ पटक ओल्टाईपल्टाई गरेर, हेरेर किन्ने हामी नेपाली त्यहि सपनाको घर बनाउँदा पनि खास ख्याल गर्दैनौं । र परिणामले सपना चकनाचुर बनाउँछ । यस्तै भएको छ काभ्रे बनेपाका कृष्ण प्रसाद पाण्डेलाई । उनले घर बनाउँदा प्रयोग भएको सिमेन्ट गुणस्तरहीन भएको पाइएपछी एक त काम दोहोरो बनेको छ, अर्कोतर्फ नेपालमा सिमेन्ट भन्दै माटो, वा खरानी बेचबिखन भइरहेको तथ्य पनि खुलेको छ । पिल्लर ढलान गरेको भोलिपल्ट नै माटो उप्काएजसरी उप्काउन मिल्ने भएपछि बाज सिमेन्टको ठगीको रहस्य खुलेको हो । अरु सिमेन्ट प्रयोग गर्दा नपुगेर ल्याएको २५ बोरा बाज सिमेन्टले उनको घरको काम त दोहोरो भयो नै, देशमा हजारौं नागरिकहरु अझ भनौं भूकम्प पिडीत नागरिकहरु यसरी नै ठगीइरहेका छन् भन्ने तथ्य खुलेको हो । र त्यसपछि सुरु भएको छ हाम्रो अनुसन्धान । 

सम्राट सिमेन्ट कम्पनीको नाममा खुलेआम ठगी, के भन्छ कम्पनी !
बाज नामको यो सिमेन्टलकाई सम्राट सिमेन्ट कम्पनीले उद्पादन गर्ने गरेको हो । काठमाडौँ लगायत विभिन्न ठाउँमा यो सिमेन्ट प्रयोग गरेका घरहरु निकै जोखिममा रहेको बुझ्न गाह्रो छैन । अझ बनेपामा त थुप्रै ठाउँमा यो सिमेन्ट प्रयोग भएको बुझिएको छ । र ती घर पनि भूकम्पको दृष्टिकोणले निकै जोखिममा रहेको बुझ्न गाह्रो छैन । तर यसरी खुलेआम ठगी हुँदा पनि सम्बन्धित निकाय मौन छ । यता कम्पनी भने आफ्नो उत्पादन गुणस्तरीय भएको दावी गर्छ। दाङ लमहीमा स्थापना भएको यो कम्पनीले आफुले निकै गुणस्तरीय उत्पादन गरेको र केहि समयभित्रै प्रयोगमा आउनुपर्ने सिमेन्ट प्रयोगमा नआएकाले काभ्रेमा त्यस्तो घटना घरेको हुन सक्ने दावी गरेका छन् । कम्पनीका प्रतिनिधिले अन्य केहि ठाउँमा पनि त्यस्तै समस्या आएको भन्ने सुनिएको तर सिमेन्ट भने गुणस्तरीय रहेको दावी उनले गरेका छन् । यता सिमेन्ट बेच्ने डिलरले भने आफ्नो डिलरबाट मात्र नभई थुप्रै ठाउँबाट उक्त सिमेन्ट बिक्री वितरण भएको र यसमा कम्पनी नै जिम्मेवार रहेको बताएका छन् ।
उपभोक्ता भन्छन्, ‘सानो भूकम्प आओस् त, बाज सिमेन्ट प्रयोग भएका घर घर ‘कन्फर्म’ ढल्छन् !’ 
यता काभ्रेमा यस्तो घटना देखेका उपभोक्ताहरुले बाज सिमेन्ट प्रयोग नगर्न आफ्ना आफन्तलाई पनि सल्लाह दिन थालेका छन् । काभ्रे बनेपाका कृष्ण प्रसाद पाण्डेले बाज सिमेन्ट प्रयोग गर्दा जे भयो, त्यो देखेका उपभोक्ता, आफन्त र छिमेकीहरु अहिले भन्न थालेका छन्, ‘ ‘सानो भूकम्प आओस् त, बाज सिमेन्ट प्रयोग भएका घर घर ‘कन्फर्म’ ढल्छन् !’ उनीहरुका अनुसार कम्पनीले सिमेन्ट भन्दै अन्य केहि नै बेचीरहेको छ । ‘यो सिमेन्ट नै होइन ।माटो र खरानी मिसेर मनपरी भइरहेको छ । सम्बन्धित निकायले घुस खाएर यस्ता कुरा दबाउने गरेको छ । बाज सिमेन्टको हकमा पनि यस्तै भयो ।’ एक अर्का उपभोक्ताले अर्थ सरोकार डटकमसँग भने ।

नियमनकारी निकाय पैसामै बिक्दा यस्तो समस्या !
यसो त नेपालमा गुणस्तर मापन गर्ने, र त्यसलाई नियमन गर्ने निकाय पैसामा नै बिक्ने गरेका छन् । यस अघि शिवम् सिमेन्टले समेत उपभोक्ता ठगी गरेको पाइएपनि कम्पनीलाई कुनै पनि कारवाही भएको थिएन । अनुगमनमा निस्केको टोलीले सिमेन्ट कम तौलको भएको भन्ने प्रमाण नै फेला पारेपनि कम्पनीमाथि कुनै कारवाही भएको थिएन । अझ एक चर्चित दैनिकले लेखेको शिवम सिमेन्टको ठगीको विषयको समाचार पनि उक्त पत्रिकाको अनलाइन संस्करणबाट निकालिएको थियो । यसरी सबै निकाय पैसामा बिक्दा सिमेन्ट उद्योगहरुको मनपरी त चलिरहेको छ नै, यसले समग्र उपभोक्ताहरुलाई ठुलो जोखिममा राखेको छ । भूकम्पको ठुलो डरमा अझै पनि रहेको देशमा यस्ता गुणस्तरहीन सिमेन्टहरुलाई कारवाही हुन नसक्दा उपभोक्ताहरु कुन बेला कसरी मर्ने हुन् ठेगान छैन ।
शिवम् सिमेन्टको ठगीबारे यी समाचार छुटाउनु भयो कि ?
    Hamro Parto AD
    NMB BANK
    TRITON COLLEGE

    प्रतिक्रिया दिनुहोस्

    सिफारिस: