×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ठग्छ कम्पनीले… तर अपजश महलाई ? मह जोडी प्रयोग भएका अधिकांस ब्राण्ड विवादमा आउनु संयोग वा अरु केहि… ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- मह जोडी । मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यको जोडी । नेपाली कलाकारिता क्षेत्रमा सम्भवत: सबैभन्दा बढी सम्मानित जोडी र सम्मानित व्यक्तिहरुपनि । यिनलाई आफ्नो ब्राण्ड एम्बेसडर बनाउन कर्पोरेट हाउसहरुले ठुलै लगानी गर्ने गरेका छन् । नगरुन् पनि किन ? यो जोडीलाई जनताले यस्तो विश्वास दिएका छन् कि, ‘हरिबंश र मदन कृष्णले झुट बोल्दैनन् भन्ने’ छ धेरै जनतालाई । तर पछिल्लो समय मह जोडी प्रयोग भएका अधिकांस ब्राण्ड बदनाम हुँदै जाँदा त्यसको अपजस महजोडीले पाउन थालेका छन् । 
घटना १ :
मह जोडीले चन्द्रागिरी हिल्स लिमिटेडको बिज्ञापन खेल्यो । स्वस्थानी ब्रत कथामा हुँदै नभएको तथ्य स्वस्थानी भन्दै मदन कृष्ण श्रेष्ठले भट्याए । चन्द्रागिरी हिल्स गएर हिमाल नै हिमाल देख्ने एकदम कम छ । मौसम नै त्यस्तो पर्छ । तर उक्त बिज्ञापनमा मदनकृष्ण श्रेष्ठले बोलेको सम्बाद झुट ठहरीसकेको छ । महाले चन्द्रागिरी हिल्सको बिज्ञापन खेलेको भन्दै धेरै जनताले दुखेको पनि पोखेकी हुन् । यो कम्पनी अहिले जनता ठग्ने कम्पनीको रुपमा कुख्यात छ । अमेरिकी दुतावासले आफ्ना नागरिकलाइ त्यहाँ नजान भनेको छ । तर नजानिँदो पाराले ठग कम्पनीको प्रमोट गरेको भन्दै त्यसको अपजश मह जोडीले पाएका छन् ।
घटना २ :
सानीमा बैंकको खाताबाट अरु कसैले चेकबुक चोरी गरी नक्कली हस्ताक्षर गरी आफ्नो पैसा चोरेको भन्दै बिमला दुलालले प्रहरीमा उजुरी दिइन् । किर्ते हस्ताक्षरका चेक उही कर्मचारीले साटेका छ्हन । उजुरी गरेको महिनौं हुँदा पनि बैंक गैरजिम्मेवार भएर लागेको छ । पीडीत पीडीत नै छन् । यहि बेला मह जोडीले ‘सवल अनि विश्वसनीय’ बैंक भनेर कतै बोलेको वा लेखेको देख्दा ती पीडीत झन् पीडामा पर्छिन् । मह जोडीको क्रेडिबिलिटी यहाँ नेर पनि घट्यो ।
घटना ३ :
मह जोडीलाई सिटिजन लाइफ इन्सुरेन्सले ब्राण्ड एम्बेसडर बनायो । तर नक्कली बीमा पोलिसी बेचेको भन्दै कम्पनीका कर्मचारीलाई प्रहरीले पक्राउ गर्यो । कम्पनी स्थापना भएको भर्खर केहि समय मात्र भएको छ । मह जोडी प्रयोग भएको यो ब्राण्ड ४ महिनामै विवाद नै विवादको घेरामा परिसकेको छ । यसको अपजश पनि मह जोडीले पाउने पक्का छ ।
मह जोडीले पनि सिक्नुपर्ने पाठ !
अहिलेसम्म खास विवादमा नपरेको जोडी हो मह जोडी । पत्नीशोकमा परेका मदनकृष्णले अव धेरै काम पनि नगर्लान् । तर दिनानुदिन यसरी आफु प्रयोग भएका ब्राण्डले जनता ठगेको समाचार आउँदा मह जोडीले पनि ख्याल गर्नुपर्ने देखिन्छ । जनताले गरेको विश्वासलाइ नै कर्पोरेट हाउसले प्रयोग गर्ने हो । तर त्यसको अपजश महले भोग्नुपर्नेमा उक्त जोडीले पनि ख्याल गर्नुपर्ने देखिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: