×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपालमै पहिलोपटक देखिएको हतियार सहित २० बर्षीय पुकार शिकारी प्रहरीको फन्दामा, यस्तो छ अन्य विवरण !

  • मनोज आत्मीय / अर्थ सरोकार डटकम 
काठमाडौँ- नेपालमा पहिलोपटक देखिएको हतियारसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मेड इन युएसए लेखिएको अमेरिकन ७.९९ एमएम नामक हतियारसहित २० बर्षीय पुकार सिकारीलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको हो । प्रहरीले पाएको गोप्य सुचनाका आधारमा प्रहरीले सादा पोशाकमा खटिएको प्रहरीको टोलीले उनीबाट ५ राउण्ड गोली समेत समाते को छ । महानगरीय प्रहरी वृत दर्बारमार्गबाट खटिएको प्रहरी निरीक्षक बसन्त आचार्यको टोलीले  उनलाई पक्राउ गरेको हो । उनी उक्त पेस्तोल बेच्ने तयारीमा रहँदा पक्राउ परेका हुन् ।
‘नेपालमा नौलो पेस्तोल, त्यसमा लाग्ने ९ एमएमको ५ राउण्ड गोलीसहित पुकार सिकारीलाइ ठमेलको ज्याठाबाट दिउँसो २:४५ समातिएको छ । बाँकी अनुसन्धान भइरहेको  छ ।’ महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलले अर्थ सरोकार डटकमसँग भने ।

यस्तै महानगरीय प्रहरी वृत कालीमाटीले तास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । करिव ४० हजार रुपैयाँसहित उक्त समूहलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: