×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बैंक सीइओविहिन भएका बेला जीवन भट्टराईले देखाए ‘कमाल’, सेञ्चुरी कमर्सियल बैंकको नाफामा शतप्रतिशतले बृद्धि

काठमाडौँ – तत्कालीन सीइओले छोडेपछी र अनिल शाहलाइ बैंकमा आउन नेपाल राष्ट्र बैंकले रोकेपछि काँधमा ठुलो जिम्मेवारी लिएर हिंडेका जीवन भट्टराईले अन्तत: सेञ्चुरी कमर्सियल बैंकमा ‘कमाल’ देखाएका छन् । बैंकले चैत्र मसान्त सम्ममा रु. ६३ करोड खुदमुनाफा गरेको छ र यो मुनाफागत त्रैमासको तुलनामा १०३५ को बृद्धि हो । बैंकले गतवर्षको सोही अवधिको तुलनामा शतप्रतिशत भन्दा बढी खुद नाफा कमाएको छ । बैंकले चैत्र मसान्त सम्ममा रु. ५२.७३ अर्व निक्षेप संकलन गरी रु. ५० अर्व भन्दा बढी कर्जा प्रवाह गरेको छ ।भट्टराईले विगत सात महिनादेखि का.मु.प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यभार समाल्दै आएका छन् ।
यस अवधीमा बैंकले ९ वटाथप शाखाहरुसमेत सञ्चालनमा ल्याएको छ । हाल बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउण्टर र उपत्यकाबाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउण्टर साथै १० वटाशाखारहित बैकिंङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । अन्य जानकारीका लागि बैकको वेबसाइट www.centurybank.com.np तथा बैकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: