×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ज्योति बिकास बैंकको सीइओमा मनोज ज्ञवाली नियुक्त, राष्ट्र बैंकदेखि ज्योतिसम्मको यस्तो छ उनको करियर यात्रा !

काठमाडौँ- ज्योति बिकास बैंकमा कामु सीइओ रहेका मनोज कुमार ज्ञवालीलाई बैंकको सञ्चालक समितिले सीइओमा नियुक्त गरेको छ । बैंकका सीइओ कृष्ण बहादुर कुँवरले राजीनामा दिएपछि बैंकले उनलाई कामु सीइओको जिम्मेवारी दिएको थियो । 
यसअघि नेपाल राष्ट्र बैंकमासमेत काम गरेका ज्ञवालीले त्यसपछि ग्लोबल आइएमइ बैंकमा समेत काम गरेका थिए । ग्लोबल आइएमइ बैंकको काम छोडेर एक हाइड्रोमा काम गर्न गएका उनले उक्त जागिर छोडेर ज्योति बिकास बैंकको डेपुटी सीइओको पद सम्हालेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट बिबिए गरेका उनी चार्टड एकाउन्टेन्ट हुन् भने हाल पीएचडी गरिरहेका छन् । उनी नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाका सदस्य समेत हुन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: