×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चन्द्र ढकाललाई पत्र, ‘दादागिरी नै देखाउन खोजेको भए, खुलेआम आउनुहोस्, नत्र ‘पाल्तु’हरुको ‘थुतुनो’ ठाउँमा राख्नुस्

आदरणीय, चन्द्र ढकालज्यू 
नमस्कार !
तपाईंलाई फोन गरें, उठाउनुभएन । मेसेज पठाएँ, रिप्लाई आएन । आओस् पनि कसरी ? तपाईं आफु नबोल्ने र आफ्ना कर्मचारी प्रयोग गरेर हामीलाई धम्क्याउन लागि पर्नुभएको छ भन्ने कुरा हामीले राम्रोसँग बुझेका छौं । ‘अति’ गर्नु तर ‘अत्याचार’ नगर्नू भन्छन् । हामीले चाहिं अत्याचार नै भयो भन्ने लागेर तपाईंलाई पत्र लेख्ने साहस गर्दैछौं । केहि समय दिएर पढ़नुहुनेछ भन्ने आस गरेका छौं ।  
तर यहि बीचमा तपाईंको दादागिरी अलि बढी नै भयो है ! तपाईंको एक कर्मचारीले आफ्नो सरोकारनै नभएको विषयलाई लिएर हामीलाई थर्काएको कुरा थाहा नै होला । थाहा नभए यो लिंकमा गएर पढ्नुहोस् ।
तपाईंलाइ धेरै व्यापारीले राम्रो भन्दाभन्दै पनि तपाईं फटाहाहरुको सङ्गतले त्यस्तै बन्दैहुनुहुन्छ भन्ने बोध छ कि छैन थाहा छैन । तर देशको एक मुख्य शक्तिले तपाईंलाई राष्ट्रिय भ्रष्टचारी घोषणा गरेको थाहा नै होला । थाहा नभए यो लिंकमा गएर पढ्नुहोस् ।
सुरुमा दु:ख गरेर बजारमा आएपनि तपाईंको कम्पनीले पछि समय जनतालाई ठगेको ठग्यै छ भन्ने कुरा पनि तपाईंलाइ थाहा नै होला । चन्द्रागिरी हिल्स लिमिटेडले जनतालाई ठग्दा तपाईंले ‘ठग’को उपमा पाउनुभएको छ भन्ने कुरा पनि थाहा नै होला । थाहा नभए एक पटक यो लिंकमा गएर आफ्ना कम्पनीले गरेको एक एक कर्तुतहरु समय मिलाएर पढ्नुहोस् ।
देशमा कानुन छ । तर तपाईंको नाम जोडेपछी देशमा कानुन मान्नु पर्दो रहेनछ सायद । तपाईंकै आडमा तपाईंको भाइ हेमराज ढकालले आइएमइ जनरल इन्सुरेन्स कम्पनी लिमिटेडका नाममा गरेको गैरकानुनी कुकर्म थाहा छ कि छैन ? थाहा छैन भने यो लिंकमा गएर पढ्नुहोस् । 
हामी त तपाईंलाइ ‘फटाहा’ र ‘ठग’ व्यापारीको संगतमा लागेको भएर हिजोआज अलि अलि बढी नै जनतालाई ठग्न पल्किएको भएपनि दुख पाएको राम्रो व्यापारीको रुपमा चिन्ने गर्थ्यौं । हिजो आज माफियाहरुको जुठो अलि बढी नै खान थाल्नुभएछ क्यार ! मिडियालाई थर्काउने, धम्क्याउने काम गर्न थाल्नुभएछ । हामीलाई थाहा छ, तपाईंको आदेश विना तपाईंका कर्मचारीले हामीलाई दुर्व्यवहार गरेका छैनन्, गर्दैनन् । तीनको त्यति आँट पनि छैन । यदी दादागिरी नै देखाउन खोज्नुभएको हो भने आउनुहोस् खुलेआम बहस गरौँ । खुलेआम शक्ति प्रदर्शन गरौँ । होइन भने सधैंको ल्यांग ल्यांग किन हो ढकालज्यू ? 
काम विशेषले आइएमइको अफिसमा जाँदा हाम्रा कर्मचारी चेलीले तपाईंका कर्मचारीको गुण्डागर्दी किन सहनु पर्ने ? आफ्नो हिसावमा काम गरिरहेका हामीले किन राती राती तपाईंका चम्चाहरुको धम्की खानु पर्ने ? किन आफ्नो सरोकार नै नभएको विषयलाई ठुलो बनाएर तपाईंका कर्मचारीको थर्काई खानु पर्ने ?
अव बहस तपाईंका ती ‘पाल्तु’हरुसँग हुँदैन ढकाल सर । आउनुहोस् बहस गरौँ । दुधको दुध पानीको पानी छुट्याएर लड्ने हो भने लडौं । तर अस्तित्व रक्षाका लागि त आगो बन्नु परेपनि पछी परिदैन । देशमा सुचनाको हक छ । पत्रकारले पाएको अधिकार छ । त्यसमा कुनै पनि खालको सम्झौता हुन्न । ‘दादागिरी नै देखाउन खोजेको भए, खुलेआम आउनुहोस्, नत्र ‘पाल्तुहरु’को ‘थुतुनो’ ठाउँमा राख्नुस् !’
तपाईंको शुभचिन्तक 
सुरज प्याकुरेल


स्पष्टीकरण: ‘थुतुनो’ भनेको मुख हो है ! 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: