×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

चन्द्रागिरी हिल्स लिमिटेडको ‘राजनीतिक डिल’ : आर्थिक सहयोगको प्रलोभन देखाएर विप्लवको पार्टीसँग वार्ता ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका केहि नेता कार्यकर्ताहरुलाई चन्द्रागिरी हिल्स लिमिटेडका जीएम अभिषेकले केहि समय अगाडी विप्लव नेतृत्वको पार्टीसँग आफ्नो कुरा मिलेको र केहि समयमा नै पार्टी निकट एक पत्रिकामा आफ्नो बारेमा पोजेटिभ समाचार लेखिने गफ चुट्दै हिंडेको चर्चा चलेको थियो । नभन्दै त्यस्तै भयो । पार्टी निकटनै मानिएको एक पत्रिकाले  केहि दिन अगाडी चन्द्रागिरी हिल्सलाई कारवाही गर्ने पार्टीको कुनै प्लान नभएको स्पष्टीकरण दियो । नेकपाका नाममा ठगीधन्दा भइरहेकोबारेको समाचारमा प्रसङ्ग बिनानै उक्त समाचारमा चन्द्रागिरी हिल्स लिमिटेडलाई सफाई दिइयो । कम्पनीलाई कुन हदसम्मको उसकै भाषामा’ जनकारवाही’ गर्ने भनेर पार्टीको आन्तरिक निर्णय कुरेर बसेका कार्यकर्ताहरु जिल्ल भए । त्यसपछि बहस सुरु भयो, ‘पार्टी र चन्द्रागिरीबीच ‘डिल’ भएकै हो त ?’ 
उक्त समाचार प्रकाशनपछी पार्टीभित्रै यो कुराले हलचल मच्चायो । पार्टीको निकट मानिएको उक्त पत्रिकाले चन्द्रागिरीलाई किन सफाई दियो भन्ने कुरा अर्को प्रश्न बनेको भन्दै नेपाल कम्युनिष्ट पार्टी निकट केहि पत्रकारका नेताले यस विषयमा उक्त पत्रिकाको युनिटसँग पनि कुराकानी गरे । ‘के अव चन्द्रागिरीलाई ‘ठोक्ने’ पार्टीको लाइन बदलिएकै हो ? के चन्द्रागिरीले जनता लुट्न छोड्यो ? के चन्द्रागिरीले पार्टीलाई आर्थिक सहयोग गरेकै भरमा जनताले दिएको म्यान्डेट बदलियो ?’ कि नेकपाका केहि स्वार्थी कार्यकर्ता अव जनताको म्यान्डेट छोडेर व्यापारिसँग डिल गर्दै हिंड्न थाले ? अहिले नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताबीच गहिरो छलफलको विषय बनेको छ यो । 
चन्द्रागिरी हिल्स लिमिटेडबारे विप्लव नेतृत्वको नेकपाको क्लियर धारणा के हो ?
अक्टुबर क्रान्तिको सतबार्षिकीको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले ‘चन्द्रागिरीकोक डांडो’ बेचेर खान पाइन्छ ? भन्दै प्रतिप्रश्न गरेका थिए । उनले त्यस्ता भ्रष्टहरुलाई पार्टी र जनताले नछाड्ने आसयको अभिव्यक्ति पनि दिएका थिए । त्यतिमात्र होइन, पोखरामा भएको पार्टीको केन्द्रीय समितिको बैठकले पनि चन्द्रागिरी हिल्स लिमिटेडलाई भ्रष्टहरुको सुचीमा राखेर जनकारवाही अगाडी बढाउने निर्णय गरेको जानकारी उक्त समितिमा रहेका एक सदस्यले अर्थ सरोकार डटकमलाई दिएका थिए । चुडामणि शर्माको घर फुटाएर फर्किंदै गरेका कार्यकर्ताले पनि अवको निशाना चन्द्रागिरी हिल्स लिमिटेड भएको भन्ने चर्चा त्यतिबेला नै गरेका थिए । त्यतिबेला नै अर्थ सरोकार डटकमले पार्टीको मिसनमा चन्द्रागिरी परेको समाचार सम्प्रेषण गरेको थियो । त्यतिबेला केहि पनि नबोल्ने र अहिले महिनौंपछी आएर उक्त समाचारको खण्डन गरेजसरी पार्टि निकट पत्रिकामा समाचार आउनुले पार्टी र चन्द्रागिरी हिल्स लिमिटेडबीच केहि आर्थिक स्वार्थमा नै कुरा मिलेको आरोप कार्यकर्ताहरुले नै लगाउन थालेका छन् ।
पार्टीभित्रै देखियो क्लियर फरकधार !
पार्टीको एक समूह गएर चन्द्रागिरी हिल्स लिमिटेडसँग बहस गरेको र केहि आर्थिक लेनदेनमा सहमति भएको चन्द्रागिरी हिल्स लिमिटेडकै उच्च अधिकारीहरु बताउँछन् । उनीहरुले चन्द्रागिरी र पार्टीका केहि नेताहरुको बैठकमा चन्द्रागिरीलाई सकारात्मक रुपमा लिन, र त्यसवापत पार्टीलाई सहयोग गर्न आफु तयार भएको बताएको जानकारी अर्थ सरोकार डटकमलाई दिएका छन् । यतिसम्मकि बैठक भएको केहि दिनमा नै चन्द्रागिरी हिल्स लिमिटेडका जीएम अभिषेक विक्रम शाहले चन्द्रागिरी हिल्ससँग आफ्नो कुरा मिलेको र केहि समयमा नै पार्टीको मुख पत्रमै आफ्नोबारेमा राम्रो समाचार आउने भन्दै विभिन्न व्यक्तिहरुसँग गफ लडाएको चर्चा बाहिर आएको थियो।  नभन्दै त्यस्तै भयो । यसले चन्द्रागिरी हिल्ससँग पार्टीका केहि कार्यकर्ताहरुले कुरा मिलाएको चर्चा अहिले चौतर्फी रुपमा चलेको छ । यतिमात्र होइन चन्द्रागिरी हिल्सको विषयलाई लिएर पार्टीभित्र चरम अन्तरविरोध चलेको छ ।

के हो पार्टीको आधिकारिक धारणा ?
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता प्रकाण्ड अहिले सम्पर्क बाहिर छन् । उनी पार्टीका आन्तरिक कार्यक्रमहरुमा बाहेक बाहिर देखिंदैनन् । तर प्रकाण्डले चन्द्रागिरी हिल्स लिमिटेडसँग कुनै सम्झौता नभएको र हुन पनि नसक्ने बताएको प्रकाण्ड निकटका अन्य केहि नेताहरुले अर्थ सरोकार डटकमलाई जानकारी दिएका छन् । ‘चन्द्रागिरी हिल्सलाई कारवाही नगर्ने भनी पार्टीको धारणानै जसरी समाचार आएको विषयमा प्रकाण्डसँग कुरा भयो । उहाँले त्यस्तो हुनै नसक्ने र जनताका विपक्षमा त्यस्तो कुनै सम्झौता आफ्नो पार्टीले नगर्ने बताउनुभएको छ । बरु पार्टीका नामको बदनाम गरेर कसैले त्यस्तो काम पो गर्यो कि भन्ने आन्तरिक अनुसन्धानमा पार्टी लागेको छ ।’ नेकपाका एक नेताले अर्थ सरोकार डटकमसँग भने ।      
चन्द्रागिरी हिल्स लिमिटेडसम्बन्धी यी सामाग्री छुटे कि ?





















Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: