×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटिजन्स बैंकको कुपन्डोल साखा ‘असुरक्षित’ भएको प्रमाणित, १७३ तोला सुन बैंकबाटै गायब ! (थप विवरणसहित)

काठमाडौँ- सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको कुपन्डोल साखा असुरक्षित भएको प्रमाणित भएको छ । बैंकबाट करिव १७३ तोला सुन  बैंकबाटै गायब भएपछि बैंकको कुपन्डोल साखा असुरक्षित भएको प्रमाणित भएको हो । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै बैंकको कुपन्डोलस्थित साखाका ब्रान्च मेनेजर रोशन मानन्धरले बैंकबाट सुन हराएको तथ्य पुष्टि गरेसँगै बैंकमा कतिसम्म रिस्क छ र बैंकमा जनताको पैसा पनि सुरक्षित छ त ? भन्ने बहस चल्न थालेका बेला यस्तो प्रमाणित भएको हो ।

‘बैंकबाट सुन हराएको कुरा सत्य हो । हामीले आन्तरिक छानविन गरिरहेका छौं । प्रहरीलाई पनि यसबारे खबर गरिसकेका छौं । अव अनुसन्धानले के देखाउँछ, त्यसपछि सबै विवरण आउला ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै साखाका ब्रान्च मेनेजर रोशन मानन्धरले भने ।

अर्थ सरोकार डटकमलाई विशेष स्रोतले दिएको जानकारी अनुसार बैंकबाट झन्डै १७३ तोला सुन हराएको छ । हराएको सुन कर्मचारीनै गायब गरेको भन्ने आशंकासहित अनुसन्धान गरिराखिएको छ ।

यता यस विषयमा बुझ्न हामीले बैंकका सुचना अधिकारीलाई फोन गरेका थियौं । उनको फोन नउठेपछी हामीले एसएमएस मार्फत बैंकबारे आएको सुचनाबारे बुझ्नका लागि फोन गरेको बताएपछि उनले तुरुन्तै फोन अफ गरेर राखेका छन् । यसले घटनालाई झन् रहस्यमय बनाएको छ ।

यो पनि पढ्नुहोस् :
सिटिजन्स बैंकका डेपुटी सीइओले ‘गैरकानुनी’ काम गरेको प्रमाणित ! भयो यस्तो कारवाही ! (प्रमाणसहित)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: