सिटिजन्स् बैंकको लकरमा सुन राख्नुभएको छ भने होसियार ! ग्राहककै खुलासा, 'लकरमा राखेको सुन यसरी साटिँदो रहेछ'

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - केहि समय अगाडी सिटिजन्स बैंकबाट ठुलो परिमाणमा सुन हरायो । सुन हराएको थाहा भएपछी बैंकले आन्तरिक छानविन गर्यो । ग्राहकले आफ्नो सुन हराएको दावी गरेपछि बैंकले आन्तरिक छानविन गरेको थियो । करिव १७३ तोला सुन हराएको थाहा भएपछी बैंकले गोल्ड चेकरलाई 'टोकस्यो' । घटना सकेसम्म गुपचुप नै राख्यो बैंकले । बैंकले गोल्ड चेकरलाई करिव डेढ करोड ऋणको कागजमा सहिछाप गर्न लगाए । घटनाबारे हामीले थप अनुसन्धान गर्यौं । बैंकका सुचना अधिकारी बोधराज देवकोटा र बैंकका ब्रान्च मेनेजर रोशन मानन्धरसँग पनि हामीले कुरा गर्यौं । दुवैको कुरा बाझियो । 

सुन चोरीको प्रमाण फेला नपरी बैंकले गोल्ड चेकरलाई ऋणमा सहिछाप गराउनु त अचम्मको कुरा थियो नै, गोल्ड चेकरले पनि कानुनी प्रक्रियामा नै नगई किन उक्त कागजमा सहि गरे ? सुचना अधिकारीले किन मिडियालाई ढाँटे ? किन उनले पनि यो कुरा लुकाउन खोजे र गोल्ड चेकर पक्षले पनि किन प्रक्रियामा नगई आफुले अपराध नै गरेको शैलीमा सुनको बिगो तिर्छु भनेर सहि गर्यो ? लगायतका अनेकौं प्रश्न उठीरहे । बैंक र गोल्डचेकर दुवै पक्षले गुपचुप राख्न खोजेको यो घटनामा पहिलाका ब्रान्च मेनेजरमाथि पनि जनताले प्रश्न उठाए । बैंकमा यस्तो घटना घट्नु र उनी सोहि बेला बैंकबाट विदा लिएर बस्नुलाई अनेकौं कोणबाट हेरिए । 

यो घटनाको चुरो कुरो त अनुसन्धानकै क्रममा छ, तर यो घटनासँग जोडिएका कतिपय तथ्यले अर्को एउटा गम्भीर तथ्यको खुलासा भएको छ । तपाईंले सुरक्षाका लागि बैंकको लकरमा राखेको सुन भित्रभित्रै साटिने गरेको ग्राहकहरुले गुनासो पोखेका छन् । 

सुन हराएपछि खुल्यो पोल, ग्राहककै खुलासा, 'लकरमा राखेको सुन त साटिँदो रहेछ'
सिटिजन्स बैंकबाट सुन हराएको प्रकरणबारे अर्थ सरोकार डटकमले लगातार फलोअप गरेपछि बैंकका केहि ग्राहकपनि सम्पर्कमा आए । उनीहरुले बैंकबाट आफ्नो सुन हराउने गरेको फेला पारेको र यसबारे दावीपछी आफुले सुन फिर्ता पाएको खुलासा गरे । विवादित 'इस्यू' भएकाले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा सिटिजनका एक ग्राहकले भने, 'मैले राखेको सुन फेरिएको मैले थाहा पाएपछी म बैंकमा पुगें । गोल्ड चेकरले मलाई आफुले लगाउनु भएको ब्रास्लेट नै दिनुभयो । मैले जुन सुन राखेको थिएँ, मेरो लकरमा बसेको सुन त्यो नै थिएन । साटासाट भएको थियो । त्यसपछि मैले सिटिजन बैंकसँग कहिलेपनि कारोबार नगर्ने निर्णय गरेर फर्कें ।' यता घटनाको प्रकृतिले पनि दुवै पक्षको केहि गल्ती देखाएको छ । भन्न त साँचो ग्राहकको हातमा हुन्छ । अनि कसरी चोरी हुन्छ त ?  भन्ने कुरा आउन सक्छ । तर बैंकबाट १७३ तोला सुन कसरी हरायो त ? बैंकभित्र यस्तो साटासाट सम्भव रहेको तथ्य यहि घटनाले पनि प्रमाणित भएको छ । 

सिटिजनसँगको कारोबारमा शंका नै शंका !
लकरमा राखेको सुन त हराउने वा साटिने बैंकसँग अरु के नै आस गर्न सकिन्छ र ? बैंकले आफ्ना ग्राहकसँग सुन राख्दा बनाएका तमसुख हेर्ने हो भने थुप्रै ठाउँमा गल्ती पाइएको छ । बैंकले यस्तो गैरजिम्मेवार काम गर्ने अनि गलत काम भएको प्रमाणित भएपछि ब्रान्च मेनेजरले जागिर छाड्ने कामले बैंक कति अविश्वसनीय छ भन्ने तथ्य बाहिर आएको छ । साँचो कसरी गोल्ड चेकरको हातमा पुग्यो ? उनीभित्र गएको लकरहरु वरपर बसेको फुटेज सीसीटिभीले क्याप्चर गर्दा कसले सुन लग्यो भन्ने विषय सीसीटिभीले किन समातेन ? सुरक्षाका लागि राखिएको सीसीटिभीको के काम ? घटना हुनेबित्तिकै बैंकका ब्रान्च मेनेजर किन बिदामा बसे ? सुचना अधिकारीले किन मिडियालाई ढाँटे ? बैंकले किन सीआइबी गुहारेन ? किन औपचारिक जाहेरी दिएन ? प्रश्नहरु अनेकौं तेर्सिएका छन् । शंकाको घेरामा बैंकका अन्य कर्मचारीपनि पक्कै छन् । यी सबै त आफ्नो ठाउँमा भए । बैंकसँगको कारोबार असुरक्षित भएको प्रमाणित भएको छ । यसबाट ग्राहक सजग बन्न आवश्यक छ ।

बैंकरहरु नै भन्छन् ,'अलर्ट हुनुपर्ने आवश्यकता छ', सुचना अधिकारी स्पष्ट नहुँदा झन् शंका नै शंका !
यता अन्य बैंकरहरु पनि सुनको लकरका विषयमा 'अलर्ट' हुनुपर्ने बताउँछन् । 'सुन साटिने गरेको आरोप यस अघि पनि अन्य केहि बैंकहरुलाई लागेकै हो ।' एक चर्चित बैंकरले अर्थ सरोकार डटकमसँग भने, 'सिटिजनको केस भएको र म अर्कै बैंकको बैंकर भएकाले मेरो नाम उल्लेख नगर्नुहोला । तर ग्राहकले पनि बैंक कतिको विश्वसनीय छ र त्यो बैंकले तपाईंको सम्पत्तिको पूरापुर रक्षा गर्छ कि गर्दैन भन्ने तथ्य पनि हेर्नुपर्छ । आलु किन्दा दुइपटक सोच्ने ग्राहकले सुन राख्ने कुरामा किन सोच्दैनन् ? बैंक रोज्ने कुरामा किन सोच्दैनन् ?' यो विषय अलि गम्भीर बनेको छ । सुन हराएको विषय वा सुन साटिएको भन्ने आरोप लाग्ने विषय वा प्रमाणित नै भएका केहि घटना पनि बैंकहरुका लागि नौलो होइन । 

हामीले सिटिजन्स बैंकको सुनकाण्डलाई नजिकबाट नियाल्ने प्रयास गर्यौं । उब्जिएका अनेकौं शंकाबारे हामीले तथ्यहरु खोताल्यों । तर बैंकको उपल्लो तहमा रहेका सुचना अधिकारीले नै हामीलाई ढाँटे । उपल्लो तहमा रहेका जिम्मेवार व्यक्तिले बैंकमा घटेको यति ठुलो घटना किन लुकाउन खोजे भन्ने अर्को प्रश्नपनि उठेको छ । एउटा जिम्मेवार मिडियालाई त ढाँटने बैंकले अरुलाई के सत्य बोल्छ होला र वा ग्राहकसँग के जिम्मेवार बन्छ होला र भन्ने अर्को प्रश्न पनि उब्जेको छ । सुन हराउंदा पनि प्रहरीमा जाहेरी नदिनु र यो घटनामा के कसो भएको हो सत्य तथ्य बाहिर ल्याउनुको सट्टा घटनालाई गुपचुप नै राख्न खोज्नुले पनि झन् शंका उब्जाएको छ । 

'सुन लकरमा राख्दा वा झिक्दा यी कुरा बुझ्नुपर्छ'
यता हामीले सुनको लकरका बारे राम्रो ज्ञान भएका केहि बैंकरसँग बुझेका थियौं । अधिकांसले बैंकको लकरबाट सुन केहि असावधानीको खण्डमा हुने गरेको बताएका छन् । 'लकर भनेको चान्चुने चीज होइन । यो बैंक र ग्राहक दुवै पक्षको साँचो प्रयोग गरेर मात्र खुल्छ र बन्द गर्दा पनि दुवै पक्षको साँचो चाहिन्छ । तर नियत नै गलत राखेर कहिलेकाहीं बैंकका कर्मचारीले आफ्नो साँचोले मात्र लकर बन्द गर्छन् । कहिलेकाहीं ग्राहकले पनि लापरवाही गर्छन् । सामान राख्छन् तर साँचो लगाउँदैनन । यसले केहि घटनाहरु घटेका छन् । ग्राहकहरुले पनि लकरका बारेमा सबै बुझेका छैनन्, बैंकले पनि बुझाएको छैन वा बुझाउने गरेको छैन ।' यसले गर्दा यस्ता घटना बढ्ने गरेका छन् । तर सुन राखेको लकरबाट सुन नै हराउने भनेको चाहिं निकै ठुलो कुरा हो । यो भनेको बैंकको विश्वसनीयतामाथिको ठाडो प्रश्न हो ।'

यो पनि पढ्नुहोस् :






प्रकाशित : Sunday, April 15, 2018
,

recent

Popular Posts