×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिटिजन्स् बैंकको सुनकाण्ड : बोधराज देवकोटाले झुट बोलेको प्रमाणित, यी ८ प्रश्न अझै अनुत्तरित छन् ! (फलोअप-४)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सिटिजन्स बैंकबाट ठुलो परिमाणको सुन बैंकबाट गायब भएको काण्ड बैंककै उपल्लो तहका कर्मचारीतर्फपनि तेर्सिएको छ । तर बैंकबाट ठुलो परिमाणको सुन हराएपछि त्यसको छानविन गर्नुको सट्टा बैंकले गोल्ड चेकर कर्मचारीलाई मात्र केरकार गरी, निजका घरपरिवारलाई समेत बोलाएर जवरजस्त तमासुख बनाएर बैंकले मिलापत्र गराउने बाटोमा लागेपछि यो घटना झन् शंकाको घेराभित्र परेको हो । यस घटनालाई अर्थ सरोकार डटकमले निरन्तर फलोअप गरिरहेको छ । यो बीचमा थुप्रै शंकाहरु उब्जेका छन् ।
१. बैंकले गोल्ड चेकरलाई मात्र टोकसीरहेको छ । घटना भएको केहि समय अगाडी देखि बैंकका तत्कालीन ब्रान्च मेनेजर बिदामा छन् । उनलाई पनि झिकाएर केरकार गरौँ भन्ने गोल्ड चेकरका आफन्तले भन्दा उनी बिरामी रहेको भन्दै बैंक पन्छिन खोजेको छ । यसले बैंकमाथि नै शंका गर्ने ठाउँ ठुलो छ ।
२. बैंकले यो घटनाको छानविन गर्न नै अटेरी गरिरहेको छ । घटना छानविन गरेर उक्त सुन कहाँ गयो, कसले लग्यो भन्ने तर्फ बैंक जाँदै नगएको बुझिएको छ । यसरी कसले सुन चोरेको छ भन्ने चाहिं नखोज्ने अनि गोल्ड चेकरलाई मात्र टोकस्ने बैंकको काम शंकाको घेरामा पर्न सक्छ । 
३. घटनाबारे अर्थ सरोकारले थाहा पाएपछी हामीले बैंकका अहिलेका मेनेजरलाई सोधेका थियौं । उनले प्रहरीलाई खबर गरिएको बताएका थिए । प्रहरीलाई खबर पनि गरिएको रहेछ । तर बैंकका सुचना अधिकारीसमेत रहेका बोधराज देवकोटा जो बैंकका उपल्लो तहका कर्मचारी हुन्, उनले केस सल्टिसकेको अर्थ सरोकारलाई जानकारी दिएका थिए । उनले झुटो बोलेको प्रमाणित भएको छ । उनीसंग गरिएको कुराकानी अर्थ सरोकार डटकमसँग सुरक्षित छ ।
४. घटनाबारे हामीले बुझेपछि हामीले बैंकका सुचना अधिकारीलाई बैंकका गोल्ड चेकरलाइ कागज गराइएको बारे सोधेका थियौं । हामीले उनलाई एक जनाले त्यत्रो फ्रड गर्न सक्छ र ? भनेर सोध्दा उनलेसमेत त्यस्तो केहि पनि नभएको र हामीले सुनेको उक्त कुरा भ्रामक भएको बताएका थिए । जवकी बैंकका गोल्ड चेकर अहिले प्रहरीमा हाजिरी गरिरहेका छन् । सत्य तथ्य सुचना दिन बसेका बैंकका सुचना अधिकारीले यसरी किन ढाँटे ? यसले थप शंका उब्जाएको छ । उनीसँग गरिएको कुराकानी अर्थ सरोकार डटकमसँग सुरक्षित छ । 
६. बैंकका एक कर्मचारीले दिएको गोप्य जानकारी अनुसार साखाका तत्कालीन ब्रान्च मेनेजर बैंकको उपल्लो तहमा रहेका कर्मचारीका आफन्त हुन् । यो घटना भएकै समयमा उनी विदा बस्नुलाई झन् शंकाको घेरामा राख्न सकिन्छ ।
७. स्रोतले दिएको गोप्य जानकारी अनुसार बैंकको अर्को ठाउँका एक साखाका ब्रान्च मेनेजरले समेत गोल्ड चेकरको परिवारलाई पटक पटक मिलापत्र गर्न अनुरोध गरेका छन् । तीनलाई शंकाको घेरामा किन राखिएको छैन त ? अर्को ठुलो प्रश्न उठेको छ। 
८. बैंकमा सुन कसले चोर्यो भन्ने प्रमाणित नै नभई वा त्यसको छानविन नै नसकीकन नै सुनबराबरको पैसा तिर्नका लागि बैंकका गोल्ड चेकरका आफन्तलाई समेत कागजात गराईएको छ । के यो कानुनी प्रक्रिया अनुसार नै भयो त ? चोरीको प्रमाणित नै नगरी घरमा भएका बा-आमालाई मानसिक तनाव दिएर यसरी कागज गराउन मिल्छ त ? यो कुरामा कानुन व्यवसायीहरुकै फरक-फरक मत देखिन्छ ।    
यस विषयमा हामीले महानगरीय प्रहरी परिसर ललितपुरमा समेत बुझ्ने प्रयास गरेका थियौं ।  परिसरका एसएसपी गणेश बहादुर ऐरको  आधिकारिक जाहेरी नपरेको र अनुसन्धान भइरहेको बताए । उनले थप जानकारीका लागि प्रवक्तालाई फोन गर्न आग्रह गरे ।  तर उनले हामीलाई प्रवक्ताको भन्दै गलत नम्बर दिएछन् । हामी प्रवक्तासँग यस विषयमा धारणा बुझ्ने प्रयास गरिरहेका छौं ।  
(सुचना अधिकारी बोधराज देवकोटालाई पहिलोपटक हामीले फोन गर्दा उनले फोन उठाएनन् । हामीले एसएमएस गर्दा उनले तुरुन्तै फोन अफ गरे । हामीले सोहि विवरण राखी समाचारमा उनको व्यवहारपनि शंकास्पद भएको उल्लेख गरेपछि उनले हामीलाई फेरि फोन गरेर आफ्नो फोन बिग्रेकाले बनाउन पठाएको बताए । हामीले घटनाको बारेमा सोध्दा उनले हामीलाई झुट बोले । बुधबार हामीले विहान झन्डै पौने १० बजे फोन गर्दा उनले आफु बैठकमा रहेको बताए । सुचना अधिकारीले किन मिडियालाइ ठाडो झुट बोलीरहेका छन् त ? कुरा शंकास्पद छ र हामीसँग हामी निरन्तर फलोअपमा छौं)   

यो पनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: