×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

स्थापनाको छोटो समयभित्रै सिटिजन लाइफ इन्सुरेन्स कम्पनी चरम विवादमा, बीमा गरेकाहरु यस कारण छन् त्रासमा !

काठमाडौँ – स्थापना भएको केहि महिनाभित्रै सिटिजन लाइफ इन्सुरेन्स चरम विवादमा परेको छ । कम्पनीले जारी गरेको बिमा पोलिसीमाथि जनताले प्रश्न उठाउन थालेपछि कम्पनी दिन दुइगुणा, रात चार गुणा विवादमा परेको हो । अझ त्यसमाथि पनि अरु इन्सुरेन्समा हुँदा अपराधिक काम गरेका व्यक्तिलाई आफ्नो कम्पनीमा ल्याएर काम गराउँदा तीनले जारी गरेको पोलिसीमा जनताले प्रश्न उठाउन थालेपछि कम्पनी झन् विवादमा तानिएको हो ।

प्रकाश रेग्मीको विषयलाई लिएर कम्पनीमाथि जनताको शंका ! बीमा गरेकाहरु त्रासमा 
सिटिजन लाइफ इन्सुरेन्समा कार्यरत कर्मचारी नक्कली बिमा पोलिसी बेचेको आरोपमा पक्राउ परेपछी सिटिजन्स लाइफ इन्सुरेन्समा बीमा गरेका ग्राहकहरु त्रासमा छन् । प्राइम लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडमा हुँदा सो कम्पनीका नाममा नक्कली बिमा पोलिसी विक्री जारी गरेको आरोपमा प्रहरीले बिमा अभिकर्ता प्रकाश रेग्मीलाई प्रहरीले पक्राउ गरेपछी उनीबाट नै बीमा गरेका केहि ग्राहकहरु यतिबेला आत्तिएका छन् । महानगरीय प्रहरी वृत्त कालिमाटीले जानकारी दिए अनुसार उनले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको नाममा २०७३ कात्तिक ११ गते मलेसिया जाने १८ कामदारलाई नक्कली बिमा योजना बिक्री गरेका थिए । 
श्रम स्वीकृतिका लागि कामदारले बिमा अनिवार्य गर्नुपर्ने प्रावधान छ । सोहीअनुसार कामदारले अधिकतम २० लाख रुपैयाँसम्म क्षतिपूर्ति पाउने व्यवस्था छ । स्याङ्जा स्थायी घर भएका रेग्मीले सात वर्षअघि प्राइम लाइफ इन्स्योरेन्सको अभिकर्ता भएर बिमा क्षेत्रमा प्रवेश गरेका थिए । करिब ७ महिनादेखि उनी अहिले सिटिजन्स लाइफ इन्स्योरेन्समा आबद्ध छन् । तर प्रहरीले पक्राउ गरेपछि कम्पनीले उक्त कर्मचारीलाई आफुले निकालीसकेको दावी गरेका छन् । यहि विषयलाई लिएर बीमा गरेका कतिपय ग्राहक आफुलाई भीडाइएको पोलिसी सक्कली हो कि नक्कली हो भन्ने कुरामा नै रनभुल्लमा परेका छन् । 
ब्राण्ड एम्बेसडरको विषयलाई लिएर पनि विवाद नै विवाद ! 
यसो त स्थापनाकै समयमा पनि सिटिजन लाइफ इन्सुरेन्स विवादमा परेको थियो । सानीमा बैंकका ब्राण्ड एम्बेसडर रहेका मह जोडीलाई सानीमा लाइफ इन्सुरेन्सले नै ब्राण्ड एम्बेसडर बनाउन खोजेका बेला कम्पनीले चलखेल गरी महलाई सानीमा लाइफ इन्सुरेन्ससँग नै प्रतिष्पर्धा गर्ने भन्दै मह जोडीलाई आफ्नो कम्पनीमा ल्याएको चर्चा बढेको थियो । तर पछिल्लो समय सानीमा बैंकले आफ्ना ग्राहकको पैसा चोरी हुँदा ख्याल नगरेको, चन्द्रागिरी हिल्स लिमिटेडको बिज्ञापनमा हुँदै नभएको तथ्य बोलेर इज्जत फालेको गुनासो गरिरहेका बेला मह जोडी संग्लग्न भएका ब्राण्डहरु एक पछी अर्को विवादमा आउनुले पनि सिटिजन्स लाइफ इन्सुरेन्सलाइ पनि ग्राहकहरुले विश्वास गर्ने ठाउँ घट्दै गएको जानकारहरुको भनाइ छ । 
‘एक त नयाँ कम्पनी । त्यसमाथि बजारमा नक्कली बिमा गर्ने मान्छे काम गर्ने कम्पनी, त्यसै पनि महले कतै बिग्रेकै वा गलत काम गर्ने कम्पनीको ब्राण्डमा प्रयोग हुने गरेको चर्चा, र त्यसमाथि सिटिजन बैंकमा भएका विभिन्न काण्डले जनताले सिटिजन भन्ने नामलाई नै विश्वास नगर्ने गरेको समय’ धेरै कुराले सिटिजन लाइफ इन्सुरेन्सलाई विश्वास गरिहाल्न ग्राहकलाई गाह्रो भएको छ ।’ सिटिजनलाइफ इन्सुरेन्सका एक ग्राहकले अर्थ सरोकार डटकमसँग भने, ‘पहिला कन्भिन्स भइएको थियो । तर रिस्क मिनिमाइजेसनका लागि गर्नुपर्ने इन्सुरेन्सको पोलिसी बेच्ने कम्पनीनै रिस्की भएपछी त कसको के लाग्छ र ?’ 

कम्पनी भन्छ, ‘प्रकाश रेग्मीलाई निकालीदिइसक्यौं, केहि दिनमा बिज्ञप्ति आउँछ’
यता आफ्ना कर्मचारी प्रहरीको फन्दामा परेपछि कम्पनीले आफुलाई बचाउने प्रयास गरेको छ । आफुलाई ब्रान्डीङ डिपार्टमेन्टको प्रमुख बताउने कम्पनीका एक कर्मचारीले अर्थ सरोकार डटकमसँग भने, ‘हामीले उहाँलाई निकालीदिइसक्यौं । कम्पनीको बिज्ञप्ति आउंदैछ । उनले गलत गरेको प्राइमलाइफ हुँदा हो ।’ हामीले प्राइम लाइफमा गरेको उनको गल्ती त सार्वजनिक नै भइसक्यो तपाईंको नामबाट पनि त नक्कली पोलिसी जारी भयो कि ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘हामी आएको भर्खर हो । मलाइ त्यस्तो त केहि थाहा हुन्न । तर हाम्रो ब्राण्ड बजारमा बदनाम हुने खतरा बढ्यो ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: