×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कांग्रेसलाई ओलीको कडा जवाफः तानाशाह होइन मेट्रो रेल आउँछ

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका केही नेताले मुलुकमा तानाशाहीतन्त्र आउन नसक्ने भन्दै कांग्रेसलाई ढुक्क रहन आग्रह गरेका छन् ।
मंगलबार लोकतन्त्र दिवसको अवसरमा काठमाडौँ महानगरपालिका–३२ मा बनेको मदन भण्डारी स्मृति पार्कको उद्घाटन गर्दै उनले अधिनायकवाद होइन रेलचाहिँ आउने बताए ।
‘काठमाडौँ–वीरगञ्ज–रक्सौल रेल चल्ने कुरा के चलेको थियो, केहीकेही आत्तिए’, उनले भने, ‘म साथीहरूलाई ढुक्क रहन आग्रह गर्छु । अधिनायकवाद होइन काठमाडौँमा मेट्रो रेल दुईवर्षभित्रै गुड्छ ।’
त्यस्तै उनले निजगढ–काठमाडौँ द्रूत मार्ग, निजगढ विमानस्थल, भैरहवा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि छिट्टै बन्ने आश्वस्त पार्दै विकासको तानाशाही आउने जिकिर गरे ।
साथै प्रधानमन्त्री ओलीले प्रत्येक हप्ता शृंखलावद्ध वागमती सफाइ अभियान चलेता पनि वागमती कहिल्यै सफा नभएको बताउँदै सरकारले नै त्यसको अगुवाइ गर्ने बताए । ‘वागमतीको पानी आचमनी योग्य बनाउँछु’, उनले भने । अहिलेका युवासँग शिक्षा भए पनि सीप नभएको बताउँदै २५ वर्षभित्र रोजिरोटीका लागि कुनै पनि युवा बाहिर जानुनपर्ने बताए ।
त्यस्तै उनले सिरहाजस्तो सुगम ठाउँमा ६१ प्रतिशत निरक्षर रहेको भन्दै विद्यार्थी भर्ना अभियानलाई अझै प्रभावकारी बनाउने जिकिर गरे । त्यस्तै यसवर्षको अभियानले समतामूलक शिक्षामा जोड दिएको बताए ।
‘सर्लाहीका मल्लिकको परिवारको बच्चाको अभिभावकत्व ग्रहण गरेँ । ती बच्चालाई उठाएर काखमा के लिएको थिएँ, डोमको बच्चा लियो भनेर मञ्च तल बसेका सबै अचम्मित भए, हाम्रो समाज यहाँ छ’, उनले भने । उनले १४ गतेपछि पनि छुटेका विद्यार्थी विद्यालय पठाउन अभियान जारी राख्ने बताउँदै कोही पनि बच्चा विद्यालय बाहिर रहन नदिने प्रतिवद्धता दोहोर्याए ।
कार्यक्रममा उनले मदन भण्डारी साझा चिन्तक र नेता भएकाले उनको नाममा विवाद गर्न नहुने जिकिर गरे । उमेरमा आफूभन्दा कान्छो भए पनि ४० कै उमेरमा देश दुनियाँ हल्लाएको भन्दै गुणको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: