×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लिभिङ टुगेदर’मा खटपट आएपछि २ अबोध बालकको हत्या, यस्तो छ घटनाको सनसनीपूर्ण विवरण (५ फोटोसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ बैशाख २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

‘लिभिङ टुगेदर’मा खटपट आएपछि २ अबोध बालकको हत्या, यस्तो छ घटनाको सनसनीपूर्ण विवरण (५ फोटोसहित)

  • मनोज आत्मीय / अर्थ सरोकार डटकम 
काठमाडौँ- काठमाडौँ महानगरपालिका वडा नम्बर ३४ शान्तिनगर फुटसल नजिक रहेको शुकुम्बासी बस्ती घर नम्बर ए-५ मा हत्या गरेर खाटमुनि लुकाइएको अवस्थामा २ बच्चाको शब फेला परेको छ । भवानी सापकोटाको घरबाट दुर्गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत नयाँ बानेश्वर र महानगरीय अपराध महाशाखाको टोलीले उक्त घरमा खानतलासी गर्दा घांटी थिचेर हत्या गरेको अवस्थामा २ बच्चाको शब फेला पारेको हो । दिलिप पनि सोहि घरमा डेरा गरी बसेका थिए । 
यस्तो छ घटनाको विवरण !
सम्झना सरदार र दिलीप यादव ‘लिभिङ टुगेदर’मा बस्थे । ६ महिनाअघिदेखि ‘लिभिङ टुगेदर’मा बसेका उनीहरुबीच सुरुदेखि नै राम्रो सम्बन्ध थिएन । असामान्य व्यवहार देखाउने दिलिप यादव पटकपटक उनलाई र उनका २ छोरालाई नमज्जासँग कुट्ने गरेको मृतकका दिदि बताउँछिन् । २ बच्चा शुशिल सरदार र सुजल सरदार र उनीहरुकी दिदी भने नजिकै हजुरआमासँग बस्दै आएका थिए । दिलिपले ८ वर्षीय सुजल र ६ बर्षीय सुजनको हत्या गरेका हुन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार सम्झना विराटनगर गएको बेला पारेर दिलिपले २ बालकको हत्या गरेका हुन् । प्रहरीका अनुसार ती २ बालक बैसाख ९ गते बाट सम्पर्कबिहिन भएका थिए । सोमबार बालकका हजुरआमाले नातीहरु हराएको भन्दै महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दिएका थिए । दिलीपको खोजी भइरहेको छ । 
मृतककि आमा सम्झना सरदार अहिले बिराटनगरको रानीस्थित केटिएम होटलमा रहेको गोप्य सुचना अर्थ सरोकार डटकमलाई आएको छ । साथै प्रहरीले खोजीरहेका हत्याका अभियुक्त दिलिप यादव अहिले बारामा रहेको र पटक पटक सम्झनालाई सम्पर्क गरीरहेको जानकारी पनि अर्थ सरोकार डटकमलाई प्राप्त भएको छ ।

   

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: