दोर्दी खोला हाइड्रोले निकालेको शेयर निष्काशनको सूचना 'गैरकानुनी' भएको पुष्टी, धितोपत्र बोर्डले दियो यस्तो निर्देशन !


काठमाडौं- दोर्दी खोला जलविद्युत कम्पनीका नाममा निकालिएको शेयर निष्काशनको सूचना  गैर कानुनी भएको धीतोपत्र बोर्डले पुष्टी गरेको छ ।  बोर्डले कुनै पनि संगठित संस्थालार्इ सार्वजनिक शेयर निष्काशन गर्नु अघि बोर्डमा दर्ता गर्न निर्देशन दिएसंगै उक्त कम्पनीको सूचना गैरकानुनी भएको पुष्टी भएको हो । 

धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा २७ बमोजिम सार्वजनिक शेयर निष्काशन गर्नु अघि बोर्डमा दर्ता गर्नु पर्ने व्यवस्था रहेको छ । बोर्डले विगतमा पनि गैरकानुनी ढंगबाट सार्वजनिक रुपमा निष्काशन गर्न लागेका संगठित संस्थालार्इ रोक लगाएको थियो। बोर्ड यस्ता शेयरमा लगानी नगर्न लगानीकर्तालार्इ सतर्क गराएको छ।
प्रकाशित : Monday, April 02, 2018

recent

Popular Posts