×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

EXCLUSIVE: सिटिजन्स् बैंक इन्टरनेशनलको कुपन्डोल साखाबाट ठुलो परिमाणको सुन हरायो ! (अन्य विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार

PRIME CA
laxmi sunrise bank

EXCLUSIVE: सिटिजन्स् बैंक इन्टरनेशनलको कुपन्डोल साखाबाट ठुलो परिमाणको सुन हरायो ! (अन्य विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको कुपन्डोल साखाबाट ठुलो परिमाणमा सुन हराएको खबर प्राप्त भएको छ । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै बैंकको कुपन्डोलस्थित साखाका ब्रान्च मेनेजर रोशन मानन्धरले बैंकबाट सुन हराएको तथ्य पुष्टि गरे ।
‘बैंकबाट सुन हराएको कुरा सत्य हो । हामीले आन्तरिक छानविन गरिरहेका छौं । प्रहरीलाई पनि यसबारे खबर गरिसकेका छौं । अव अनुसन्धानले के देखाउँछ, त्यसपछि सबै विवरण आउला ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै साखाका ब्रान्च मेनेजर रोशन मानन्धरले भने ।
स्रोतका अनुसार झन्डै १७३ तोला सुन हराएको छ । तर बैंकका ब्रान्च मेनेजर मानन्धरले भने यति नै सुन हराएको भन्ने यकिन नभएको बताएका छन् । ‘हामीले कति सुन हरायो भन्ने हिसाव गरेका छैनौं । तर यस विषयमा अनुसन्धान जारी छ ।’          
यता यस विषयमा बुझ्न हामीले बैंकका सुचना अधिकारीलाई फोन गरेका थियौं । उनको फोन नउठेपछी हामीले एसएमएस मार्फत बैंकबारे आएको सुचनाबारे बुझ्नका लागि फोन गरेको बताएपछि उनले तुरुन्तै फोन अफ गरेर राखेका छन् । यसले घटनालाई झन् रहस्यमय बनाएको छ ।

यो पनि पढ्नुहोस् :
सिटिजन्स बैंकका डेपुटी सीइओले ‘गैरकानुनी’ काम गरेको प्रमाणित ! भयो यस्तो कारवाही ! (प्रमाणसहित)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: