×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देख्नुभयो त ? बुझ्नुभयो त ? फोरमका नाममा ‘बिलिनियर्स क्लब’ले कसरी साना लगानीकर्ता फसाउँदा रहेछन् !

  • सुरज प्याकुरेल / समाचार टिप्पणी 
काठमाडौँ – नेपालमा लगानीकर्ताका पक्षमा भन्दै खुलिए  तर आफ्नो दुनु सोझ्याउने मात्र काम गर्ने विभिन्न फोरमहरुको संख्या र तीनले गर्ने कामबारे भनिरहनु पर्दैन । त्यसमाथि लगानीकर्ताको हक हितका लागि भन्ने, अनि ठुला लगानीकर्ताहरुमात्र पहुँच भएको एउटा कथित फोरम जो आफैं ‘बिलिनियर क्लब’का रुपमा लगानीकर्तामाझ कुख्यात छ, उसको काम कारवाहीबारे धेरै लगानीकर्ता सचेत बनीसकेका छन् । तर बजारको सेन्टिमेन्ट समातेर त्यहि कथित फोरमले लगानीकर्ताहरु फसाउन लागेको टिप्पणी अर्थ सरोकारमा प्रकाशित भएको थियो । त्यति बेला फोरमले विभिन्न पूराना माग राखी आन्दोलनको तयारी गर्छौं भन्यो । सरकारलाई ७ दिनको अल्टिमेटम पनि दियो । अर्थ सरोकारले यो साना लगानीकर्ता फसाउने दाउ हो भनेर समाचार टिप्पणी छाप्दा हामीलाई नै उक्त फोरमका कतिपयले मौखिक रुपमा गुनासो पोखे । तर सत्य त्यहि थियो । साना लगानीकर्ता फसाउने र आफु भएको सेयर बेचेर बजारबाट बाहिरिने दाउ बाहेक त्यो केहि पनि थिएन । अन्तत: भयो पनि त्यस्तै !
यसरी फसे लगानीकर्ता, यसरी जोगिए लगानीकर्ता !
फोरमले विभिन्न पूराना माग राखेर आन्दोलन गर्ने भन्दै पत्रकार सम्मेलन गर्यो । लगानीकर्ता खुसी भए । कुनै पनि हालतमा बजार बढीदिए हुन्थ्यो भनेर बसेका लगानीकर्ताहरु नहौसिने कुरै भएन । नभन्दै अव बजार बढ्छ भनेर केहि साना लगानीकर्ताहरु फेरी बजारमा हाम फाले । केहि नमज्जासँग फसे । किनकि फोरमको पत्रकारसम्मेलनको भोलिपल्ट बजारले आशा जगायो । त्यहि मौकामा केहि ठुला लगानीकर्ताहरुले भएको सेयर पनि फाले । बढेका बेला सेयर उठाउनेहरु फेरि फसे । निश्चित छ ठुला लगानीकर्ताहरु बजारमा अझै पसेका छैनन् । किन कि बजार अझ ओरालो लाग्दैछ भन्ने कुरा उनीहरुलाई पनि थाहा छ । तर बजार बढ्छ भन्ने हौवा पिटाएर यिनीहरु आफ्नो स्वार्थ्य मात्र पूरा गर्दैछन् । 
के साना लगानीकर्ताको हितमा छन् त लगानीकर्ताका फोरमहरु ?
सबैलाई एउटै पोल्टामा राख्यो भने फेरि गल्ती हुन्छ । तर जुन फोरममा आजीवन सदस्य बन्न २५ हजार तिर्नुपर्छ र उसले साना लगानीकर्ताको पक्षमा केहि गरेको छैन, त्यो फोरम वा संघले साना लगानीकर्ताले आस नगरेको हुन्छ । बजार बढ्छ भनेर अरुलाई हैस्याउने, आफु पनि च्याँखे थाप्ने अनि बैंकको मार्जिन कल आएपछि म फलानो फोरमको फलानो पदमा बसेको मान्छे हो भन्दै बैंकर थर्काउनेदेखि, विना तुकको आन्दोलनको घोषणा गरेर साना लगानीकर्ताहरुलाई फसाउने फोरमबाट साना लगानीकर्ताले केहि पनि आशा नगरे हुन्छ । नत्र त कुनै बेला अर्को एक संघले नेप्सेमा आन्दोलनको आँधीबेरी ल्याउंन खोज्दा त्यो ठुलाबढाको फोरम किन चुप थियो ? नेप्सेको नेतृत्व परिवर्तन हुन खोज्दै गर्दा किन आफ्नो धराणा दिन सकेन उक्त फोरमले ? महत्वपूर्ण समयमा फोरमका अध्यक्ष विदेश भ्रमणमा बस्ने घटनाबाट आम नागरिकले के बुझ्ने ? प्रश्नहरु थुप्रै अनुत्तरित छन् ।
फोरम होइन ‘बिलिनियर क्लब’ !
नेपालमा रहेको एउटा फोरम नाम झुन्ड्याएर बजारमा चलखेल गर्न पल्केको संगठन लगानीकर्ताको फोरम नभई ‘बिलिनियर्स क्लब’ हो भन्दा फरक पर्दैन । बजारमा सबैभन्दा बढी चलखेलको आरोप लागेका व्यक्ति नेतृत्वमा छन् । आन्दोलनको धम्की दिन्छन् र ७ दिन भित्र यसो भएन भने यसो गर्छौं भनेर । अनि ७ दिन पछी आफ्नो फोन अफ गर्छन् । यो टिप्पणी तयार गर्दा पनि कम्तीमा ५ पटक उनलाई फोन गरियो, तर अहँ उनी होइन टेलिकमकी नानीले उनको फोन अफ रहेको जानकारी मात्र बोलिन् । अर्का व्यक्ति छन् जो पदका लागि मरिहत्ते गरेर उक्त फोरममा पुगे । बैंकको मार्जिन कल आएपछि बैंक थर्काउँछन् । फोरमका व्यक्ति नै पिच्छे मिडियामा अघोषित लगानी छ । बरु घोषित रुपमै मिडिया चलाएकाहरुले बजारमा सकारात्मक योगदान दिएका छन् । अनि आजीवन सदस्य हुन २५००० लाग्ने संगठनलाई कसरी जनताको संगठन भन्न सकिन्छ र ?
होस् गर्नुहोस् ! फसाउँछन् यीनले !
ठुला लगानीकर्ताको फोरमले आन्तरिक नीति नै आफुले कमाउने हो । लगानीकर्ताका लागि लड्न त जहाँ बसेर पनि सकिन्छ । एउटा संघबाट निस्केर अर्को फोरममा जानुको सीधा अर्थ नै पावर एक्सरसाइज बाहेक अरु केहि होइन । के गर्नु त ? बैंकको मार्जिन कल आउँदा थर्काउनै पर्यो । जुन संगठनको नाम लिंदा बैंकर बढी तर्सिन्छन्, त्यहाँ बस्नु नै पर्यो । यस्ता कथित फोरमहरुले लगानीकर्ताहरुलाई बेला बेलामा आन्दोलनको हौवा पिटाएर र बेला बेला अर्थमन्त्रीसँग चिया खाएको फोटो खिचाएर फसाउने गरेका छन् । पैसाको बलमा चलेको हाम्रो देशमा यिनीहरुले चाहाने हो भने धीतोपत्र बोर्डको अध्यक्षदेखि नेप्सेको एमडीसम्म परिवर्तन गर्ने हैसियत राख्छन् । यहि फोरमलाई हो वाईको नामक कम्पनीले काम सकियो अनलाइनको डेमो हेर्न आउनुहोस् भनेर डेमो देखाएको । तर त्यहि वाईकोले अहिले ८० % काम सकियो भन्दा यिनीहरु जनतालाई मख्ख बन्न अनुरोध गर्छन् । के यो नीतिगत भ्रष्टाचार होइन ? हरेक लगानीकर्ताले बुझ्न जरुरी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: