×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एचआइडीसीएललाई हाइड्रो पावर कम्पनी देख्ने सीइओ सापको ‘ब्लन्डर’, बढी जान्ने हुँदा ग्लोबल आइएमइकै बेइज्जत !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – ग्लोबल आइएमइ क्यापिटल अनतर्गत ग्लोबल आइएमइ म्युचुअल फन्डले ल्याएको ग्लोबल आइएमइ समुन्नत योजना-१ मा सूचीकृत कम्पनीहरुको सुचीकरण मै त्रुटी भएको खुलासा भएको छ । कम्पनीले सूचीकृत कम्पनीहरुको विवरण बनाउँदा ‘हाइड्रो’ शब्द आउने बित्तिकै जलविद्युत लगानी तथा बिकास बैंक लिमिटेड (एचआइडीसीएल) लाइ हाइड्रो पावर कम्पनी अन्तर्गत राखेर जनतालाई नै कन्फ्युज्ड बनाउने काम गरेको छ । र यो काम त्रुटीबस् भन्दा पनि कम्पनीका ग्लोबल आइएमइ क्यापिटलका सीइओ पारसमणि ढकालको जिद्दीका कारण भएको ग्लोबल आइएमइ क्यापिटलका कर्मचारीहरुले आरोप लगाएका छन् ।

के एचआइडीसीएल हाइड्रो पावर कम्पनी हो ?
होइन । जलविद्युत लगानी तथा बिकास बैंक लिमिटेड हाइड्रो पावर कम्पनी हुँदै होइन । नेपाल स्टक एक्सचेन्जले सुचीकरणमा यस कम्पनीलाई हाइड्रो पावर कम्पनी अन्तर्गत नभई ‘अन्य’मा राखिएको छ । यसले पनि एचआइडीसीएल हाइड्रो पावर कम्पनी होइन भन्ने पुष्टी हुन्छ । अर्कोतर्फ यो कम्पनीले हाइड्रोको विकासका लागि ऋण दिन्छ । हाइड्रो कम्पनीले पनि ऋण दिन्छ भन्ने कुरा अव ग्लोबल आइएमइ क्यापिटलका सीइओले कहाँ पढे उनैलाई थाहा होला । ‘यस विषयमा कम्पनीभित्र पनि बहस भएको हो । ढकाल सरले होइन हाइड्रोमै राख्नुहोस् भनेर जिद्दी गरे । हामीले नेप्सेले जसरी राखेको छ त्यसरी राखौं भन्दा पनि मान्नुभएन ।’ कम्पनीका एक कर्मचारीले अर्थ सरोकार डटकमसँग भने, ‘किन हो थाहा छैन, आजकल सीइओ सापको रबैया अलि बढी नै छ कम्पनीमा । यस विषयमा उनले गलत निर्णय लिंदा हाम्रोसमेत बेइज्जत भएको छ ।’ 
ग्लोबल आइएमइ क्यापिटलले गरेको कम्पनीहरुको बर्गीकरण 

नेप्सेले गरेको वर्गीकरण भने यस्तो छ : 
के भन्छ एचआइडीसीएल र ग्लोबल आइएमइ क्यापिटल ?
यस विषयमा हामीले एचआइडीसीएलका प्रवक्तालाई सोधेका थियौं । ‘जलविद्युत लगानी तथा बिकास बैंक लिमिटेड हाइड्रो कम्पनी होइन । यो त हाइड्रोको बिकासका लागि खुलेको कम्पनी हो । यसले त ऋण पनि दिन्छ ।’ जलविद्युत लगानी तथा बिकास बैंक लिमिटेडका प्रवक्ताले अर्थ सरोकार डटकमसँग भने, ‘हामी जलविद्युत क्षेत्रको विकासका लागि खुलेको कम्पनी हो । नजानेका, नबुझेकाहरु झुक्किनु स्वाभाविक हो, तर हामी हाइड्रो पावर कम्पनी होइनौं ।’ यता यस विषयमा हामीले ग्लोबल आइएमइ क्यापिटलका सीइओ पारस मणि ढकाललाइ सोध्ने प्रयास गरेका थियौं । तर यसअघि पनि लगानीकर्ताले दुख पाएको विषयमा सोध्दा प्रतिक्रिया नदिएका उनले यस विषयमा बुझ्न खोज्दा पनि सम्पर्कमा आएनन् ।
सीइओ सापले अलिकति फुर्सद निकालेर एचआइडीसीएल र यसका उदेश्यबारे पनि अध्ययन गर्ने कि !
अपरेशनल कमजोरी पनि कति हो कति !
यसो त एचआइडीसीएललाई हाइड्रो पावर कम्पनी देख्ने ग्लोबल आइएमइ क्यापिटलका सीइओ पारसमणि ढकालले कम्पनीमा गरेको कामले आम लगानीकर्ता खुसी हुन सकेका छैनन् । यस अघि पनि कम्पनीले गरेको अपरेशनल गल्तीका कारण जनताले दुख पाएको तथ्य अर्थ सरोकार डटकमले प्रकाशित गरिसकेको छ । सुरुवाती समयमा निकै राम्रो काम गर्दै आएका ढकालले पछिल्लो समयमा कम्पनीमा कसैका कुरा नसुन्ने र आफुले जे भन्यो त्यहि हुनुपर्छ भन्ने शैलीमा लाग्दा थुप्रै लगानीकर्ताहरुले पनि दुख पाउन थालेको कम्पनीकै कर्मचारीहरुको आरोप छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: