गभर्नरको कदम र अख्तियारको फलोअपले ज्ञानेन्द्र ढुंगानाको सीइओ पद संकटमा ! के छोड्लान् त नेपाल बंगलादेश बैंक ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठसँगको मिलेमतोमा नेपाल बंगलादेश बैंकमा सीइओको कार्यकाल थपेको आरोपसहित उनको कार्यकाल 'गैरकानुनी' भएको दावी गर्दै उनलाई सो पदबाट हटाउन माग गर्दै अख्तियारमा उजुरीमात्र परेको अवस्थामा त खास समस्या थिएन । तर यहि प्रकरणलाई लिएर राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सामान्य सेवा र वित्तीय व्यवस्थापन विभागको जिम्वेवारीमबाट नै गभर्नरले हटाइदिएपछी नेपाल बंगलादेश बैंकका सीइओ ज्ञानेन्द्र ढुंगाना नैतिक संकटमा परेका छन् । आफ्नो जागिर बचाईदिएकै कारण डेपुटी गभर्नरकै जागिर धरापमा परेपछी ढुंगानालाइ यस्तो नैतिक संकट परेको हो । अर्कोतर्फ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त विषयमा के कस्तो भएको हो भन्ने परिपत्र राष्ट्र बैंकलाई गरेसँगै राष्ट्र बैंकभित्रको एक समूह पनि ढुंगानाको पछी हात धोएरै लागेको थाहा भएपछी उनी थप नैतिक संकटमा परेका हुन् ।

गभर्नरको कदमपछी के गर्लान् ढुंगाना ? 
यसो त ज्ञानेन्द्र ढुंगाना यस्तो विषयलाई खास मतलव नदिने बैंकर हुन् । नेपाली बैंकिङ क्षेत्रमा पनि उनी निकै घमण्डी व्यक्तिका रुपमा चिनिन्छन् । यसो त चिरन्जीवी नेपाल गभर्नर हुने बेला गभर्नरमा उनको पनि नाम चलेको थियो । त्यहि हुन नपाएको रनाले हो कि उनी अहिले आफैं गभर्नर भएजसरी अरु बैंकका ब्याज तोक्दै र नेपाल बैंकर्स संघको नाम भजाएर मनपरी गर्दै हिंडेको तथ्य कसैबाट पनि लुकेको छैन । तर अलिकति पनि नैतिकता भएको खण्डमा राजीनामा दिनुपर्ने यो स्थितिमा उनले के गर्छन् भन्ने कुरामा बजारमा दुइथरी मत देखिएको छ । एकाथरीले राष्ट्र बैंकका गभर्नरले शिवराज श्रेष्ठमाथि लिएको एक्सन नै ढुंगानालाइ सिध्याउने चाल भएको विश्लेषण गरेका छन् भने अर्काथरी बैंकरले ज्ञानेन्द्र ढुंगानामा यो हदसम्मको नैतिकता नभएको, उनी सार्है घमण्डी र कसैले भनेको नमान्ने स्वभावका भएकाले यो प्रकरणले उनलाई खासै केहि पनि समस्या नहुने बताउँछन् । ढुंगाना स्वयम् भने यो कुराबारे कुनै पनि प्रतिक्रिया दिन खोजीरहेका छैनन् ।

ढुंगानामाथि आरोप नै आरोप ! 
यसो त ढुंगाना आरोप नै आरोपको खानी हुन् । उनी बैंकर्स संघको अध्यक्ष भएपछी बैंक अफ काठमाडौँका सीइओ र सिटिजन्स बैंकका सीइओले संघको बैठक नै बहिष्कार गर्दै आएका छन् । ढुंगाना जुनियर भएर मनपरी गर्न थालेको धेरैको आरोप छ । नेपाल बंगलादेश बैंकमा पनि सेयरको लफडामा फसेका छन् उनी । घुस खुवाएर कार्यकाल थपिएको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परिसकेको छ । नेपाल राष्ट्र बैंकलाइ राम्रो ब्यालेन्स गराएका उनले अव राष्ट्र बैंकमा कति के खुवाउँछन् भन्ने कुराले अर्थ राख्ने, होइन भने उनी सिद्धिने विश्लेषण धेरैले गरेका छन् । 

अचम्मको संयोग, छोड्लान् त नेपाल बंग्लादेश बैंक ?
अझ खास कुरा त के छ भने गभर्नरले श्रेष्ठलाई जिम्मेवारीबाट हटाएको दिननै नेपाल बंगलादेश बैंकमा सुरेन्द्र भुषण श्रेष्ठ डेपुटी सीइओमा बढुवा भएका छन् । यसले कतै नै कतै सुरेन्द्र भुषण श्रेष्ठलाई सीइओ बनाएर ढुंगानाले बैंक छाड्न लागेका हुन् कि भन्ने पनि संकेत गरेको छ । तर बैंक स्रोतले भने बढुवा सेडुलमै रहेको काम र स्वाभाविक भनेको छ । बैंकमा परेको यो संयोगले पनि ढुंगानाले केहि अनातारिक तयारी पो गरिरहेका छन् कि भन्ने पनि शंका उब्जेको छ । तर केहि समयमा ढुंगानाले बैंकबाट राजीनामा दिए भने त्यो अप्रत्यासित नहुने धेरैको ठम्याई छ । तर मिलेमतोमै बढाएको पद यति सजिलै उनले छोड्लान् र भन्ने अर्को प्रश्न पनि उब्जिएको छ । मुडी स्वभावका ढुंगानाले कुन बेला अव के गर्छन् त्यो भन्ने सहजै भन्न सकिने अवस्था छैन । तर आफुलाई निकाल्ने प्रष्ट भएको खण्डमा उनले राजीनामा दिने तर त्यसलाई रोक्न कुनै पनि खालको सम्झौता गर्न उनी तयार रहेको बैंक स्रोतको दावी छ ।
प्रकाशित : Sunday, April 22, 2018

recent

Popular Posts