×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइक्यानको चुनाव : को उम्मेद्वार कति पानीमाथि ? को – को छन् ‘डेन्जर जोन’मा ? बैंकर ढकालको के छ अवस्था ?

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौँ-बजारमा एक्यानको चुनावको ह्यांगओभर अझै सकिएको छैन । जितेकाहरुको भोज खुवाई र हारेकाहरुको समिक्षा अझै सकिएको छैन । यहि बेला बजार नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाको चुनावले तातेको छ । ठाउँ- ठाउँमा जित्ने र हार्नेहरुको चर्चा मात्रै होइन, फलानोलाई कसरी जिताउने र कसरी हराउने भन्ने चर्चा पनि उस्तै छ । कहिले पनि कसैले फोन नगर्ने सिएहरुलाई उम्मेदवारका फोन आएको आएकै छन् । कति उम्मेदवार सबै काम छोडेर चुनावमा लागेका छन् त कतिपय उम्मेदवारलाई आफ्ना नजिककाहरुले निकै सघाईरहेका छन् ।
तर चुनाव भनेको चुनाव नै हो । यसले को आफ्नो र को बिरानो नचिन्न पनि सक्छ । ‘रिस्की’ बजारमा कुन दिन कहाँ गएर फसिने हो भन्ने डर भएका सिएहरु एउटा कमिटिमा राखिदिने भनी कसैले दिएको आश्वासनमा संसार नै जितेजसरी लागिरहेका छन् । कसैलाई आफ्नो ग्यांगको इज्जत राख्ने चिन्ता छ । कसैलाई गुट फुटाउन ध्याउन्न छ । तर जसले जति नै टाउको फोरे पनि यसपालीको चुनाव खास ‘चुनाव’ जस्तो छैन । एक्यानको राजनीतिले बजारमा पतन भएकाहरु उठेनन्, उठ्न सकेनन् । उठेकाहरुमा सहजै जित्ने १० जना अनुमान लगाउन सकिने अवस्था छ ।

को-को कति पानीमाथि ?
नाम दर्ता अनुसार नै जाउँ न । जगन्नाथ जित्ने लाइनकै मान्छे हुन् । यसै पनि गत चुनावमा पनि उनी आफ्नो बलबुंताले भन्दा अरु नै शक्तिको आशिर्वादले चुनाव जितेका थिए । उनलाई त भोट माग्न पनि सजिलो छ । ‘अव हुने अध्यक्ष मै हो, तपाईंलाई फलानो ठाउँमा एडजष्ट गरौँला ।’ सिएहरुले पत्याउने नै भए । कठिन नै भएपनि उनले जित्छन् । यद्यपी उनी जसरी पनि हार्नुपर्छ भन्दै एक गुटले गत मंगलबार इन्द्रेणी फुडल्याण्डमा मिटिङ गरेको तथ्य सायद उनलाई थाहा नै होला ।
दोश्रो सुजन काफ्ले । यिनलाई त भाइ प्रविन राज काफ्ले कस्सीए भने नै भोट पुग्छ । दाजु चुनावमा उठ्दा नकस्सीने कुरा पनि भएन । यिनको जीत लगभग निश्चित जस्तै छ । यसो त उनी धेरैको करियर बनाइदिने सिएका रुपमा चिनिन्छन् । शालीन छन् । ‘यिनलाई किन भोट दिने ?’ भन्ने प्रश्न नै उठ्दैन । 
क्षेत्र गोपाल प्रधान डेन्जर जोन मा छन् । यिनी लगभग हार्ने निश्चित भएका उम्मेदवार हुन् । यसै पनि आफ्नो बल वा रिलेसनले भन्दा कसैले उठाईदिएर रहर गरेका हुनाले पनि उनको हार लगभग निश्चित छ । बजारमा नेपाल बोर्ड र भारतीय बोर्ड भन्ने सेन्टिमेन्ट हराइरहेको अवस्थामा यिनलाई त्यो सेन्टिमेन्ट भोट पनि आउंदैन । यसो त जहाँ पनि जसलाई पनि चित्त दुख्ने गरी भनीहाल्ने प्रधानको बानीले धेरैलाई चिड्याएको छ । प्रस्तावक र समर्थक बलियो हुँदैमा चुनाव जितिंदैन भन्ने कुराको नजीर भन्ने लाइनमा छन् उनी । नेपाल बोर्डको गुट बनाएर जवर्जस्ती अनेकौं हतकण्डा अपनाएको खण्डमा स्थिति फरक हुन सक्ला । यसरी पनि सेन्टिमेन्टल हुँदैनन् सिएहरु भन्ने कुरा गत चुनावमा भवनाथ दाहालको भोटले प्रमाणित नै गरिदिएको छ । त्यसैले उनी जीतको लिष्टमा पर्न गार्है छ।
जित्छन्, जित्दैनन् भन्दा पनि जित्नुपर्ने उम्मेवार सुरेन्द्र श्रेष्ठ हुन् भन्ने चर्चा नेपाल बोर्डका सिएहरुको समूहमा छ । आइक्यानलाई सुरेन्द्र श्रेष्ठजस्तो मान्छे आवश्यक छ भन्ने चर्चा धेरै ठाउँमा हुन्छ । उनी नेपाल बोर्डका उत्पादन हुन् । सबैका प्यारा छन् । गत चुनावमा सुनील जाकिबन्जाकै शैलीमा उनले चुनाव जित्ने सम्भावना धेरै छ । तर चुनावमा नेताको गुण देखाउनुपर्छ । उनको कमजोरी त्यहि हो । उनी नेताजसरी झुक्न जान्दैनन् । चुनावका बेला आइक्यानको अध्यक्ष नै मै हो भनेजसरी प्रस्तुत हुने भोटरलाई उनले रिझाउन सक्छन् वा सक्दैनन् भन्ने अर्को प्रश्न हो । नेपाल बोर्डको धेरै भोट उनलाई जाने सम्भावना छ । नेपाल बोर्डमा उम्मेदवार मध्ये क्षेत्र गोपाल प्रधान हार्ने निश्चित भएको थाहा पाएका भोटरले एक जनाचाहिं जित्नुपर्छ भनेर पनि उनलाई भोट हाल्छन् । उनी जित कै लिष्टमा छन् ।
महेश ढकालको राइट ह्याण्ड भनेका बैंकमा उनका कर्मचारीसमेत रहेका सिए सन्दिप बाबु पौडेल हुन् । पौडेलले भर्खर एक्यानको चुनाव जितेका छन् । त्यहि भोट बैंकलाई प्रयोग गरेर पनि ढकालले चुनाव जित्छन् । उनी लिष्टको पछिल्तिर परे पनि चुनाव उनले जित्छन् ।
पियुष आनन्द अघिल्लोपटक हारेका व्यक्ति हुन् । त्यहि भएर कसकसले धोका दिन्छन् भन्ने उनले चिनेको हुनुपर्छ । पियुषलाई जिताउन बजारका केहि सेलिब्रेटी सिएहरुपनि लागेका छन् । अन्तिम २ सिटमा उनी पर्ने सम्भावना राम्रै छ ।
अच्युत राज जोशी त जित्नेमात्र होइन एक नम्बर भोटका दावेदार हुन् । भरत रिजालको पूरै भोट बैंक उनलाई जाने हो । दीपक पाण्डेको बढेको लोकप्रियताको फाइदा पनि जोशीले नै लिने हो । त्यहि भएर उनले चुनाव जित्ने कुरामा कुनै शंका छैन । तर भरत रिजाल भोट बाँड्ने रोगले ग्रस्त छन् । यसअघिको चुनावमा उनले आफ्नै भोट आफ्ना साथी भनेर बाँडीदिंदा कत्रो धोका पाएका थिए भन्ने कुरा हामीले भनीरहनु पर्दैन । चुनावका बेला मेरा पार्टनर विष्णु भण्डारीले पनि जित्नुपर्छ भनेर यसैगरी भोट बाँड्न थालियो भनेचाहिं त्यसको असर जोशीमा ठुलै पर्न सक्छ । तर जोशीले जित्ने कुरामा कुनै शंका छैन । 
अहिलेको कुरा होइन, ६ महिना अघि देखि एउटा गुट कुनै पनि हालतमा विष्णु भण्डारीलाई हराउनुपर्छ भनेर लागेको छ । यसमा बजारका केहि ठुला सिए फर्मका मालिक पनि छन् । यसमा प्रोफेसनल स्वार्थ त छंदै छ, भण्डारीले कतिपय सिएहरुलाई नजानिँदो पाराले दुर्व्यवहार गरेका छन् भन्ने चर्चा पनि चलेको थियो । अझ खास कुरा त के छ भने अच्युत जोशीलाइ हराउन नसकिने हुँदा भरत रिजाललाई देखाउनै भएपनि भण्डारीलाई हराउनुपर्छ भनेर ठुलो समूह लागेको छ । कसको कति दम छ यसपाली देखिन्छ । तर भण्डारी डेन्जर जोनमा छन् भन्ने कुरामा कुनै शंका छैन ।
विद्यावारिधि सिग्देलमात्र एउटा त्यस्ता उम्मेदवार हुन्, जसका बारेमा अहिले नै भन्न सकिने अवस्था छैन । किनकि उनी निकट एक समूह उनलाई साथ दिने कि नदिने भन्ने कुरामै निष्कर्षमा पुगेको छैन । अर्को अंकमा गरौंला उनका कुरा। 
युद्ध राज ओली जित्ने कुरामा धरमर छ । यसै पनि उनको भोट बैंक बाँडीएको छ । त्यसमाथि पनि मौन रुपमा शीत युद्ध चलेका प्रकाश लम्साल उनलाई हराउन लागि नै पर्छन् भन्ने कुरामा कुनै शंका छैन । तर प्रकाश लम्सालले अलिकति पनि सहयोग गरेभने उनले जित्छन् । तर यो त भूपू मायालुसँग डेटिङ गएजस्तै हो । असम्भव पनि छैन । सम्भव हुन पनि कारण चाहिन्छ । तर प्रकाश लम्साललाई देखाउन नै भएपनि ओलीले चुनाव जित्न अलि बढी मेहेनत गर्ने देखिन्छ । त्यसको भयो भने १० सिटमा उनी बस्न सक्ने सम्भावना राम्रै छ । 
किरण डंगोल हार्ने लिष्टमा छन् । उनले अझै धेरै मेहेनत गर्नुपर्ने अवस्था छ । उनले नेताको गुण देखाएका छैनन् ।बजारमा उनको उपस्थितिपनि कमजोर देखिएको छ । मेहेनत गरेपनि अन्तिम सिटले पर्खन सक्छ । नत्र उनलाई गाह्रो छ । 
मदन कृष्ण शर्मालाइ सिनियरको साथ छ । अध्यक्ष नै हुने प्लानका साथ चुनावमा उठ्न लागेका उनलाई सिनियरको भोट त आउँछ तर प्रतिष्पर्धामा त्यो भोट बैंकले पुग्दैन । कृष्ण प्रसाद आचार्य र प्रमोद कुमार स्वर्णिकारमध्ये स्वर्णीकार बरु सम्भावना बोकेका सिए हुन् । अरुलाई गार्है छ ।
उपाध्यक्षको चुनावमा थुप्रै पटक धोका खाएका भास्कर लालाले काउन्सिलको चुनाव जित्ने कुरामा कुनै शंका नै छैन । उनी यतिसम्म अनुभवी भइसके कि जित्ने भोट त उनले गनेरै सुनाइदिन सक्छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: