प्रम ओलीले दिए राष्ट्रपतिलाई भारत भ्रमण सम्बन्धी यस्तो जानकारी

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका छन् ।

तीनदिने भारत भ्रमण सकेर आइतबार काठमाडौं फर्किएका प्रधानमन्त्री ओली मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर भण्डारीलाई भ्रमणको जानकारी गराएका हुन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित राष्ट्रपति भेटन शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले २ देशबीचको सम्बन्ध सुधार गर्न भ्रमण फलदायी बनेको जानकारी गराए ।

नेपालको आर्थिक समृद्धि र विकासका लागि भारत सरकार सकारात्मक रहेको र भ्रमणका क्रममा रेल र जलमार्ग निर्माणमा महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।
प्रकाशित : Wednesday, April 11, 2018
,

recent

Popular Posts