×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एउटा फरक तर गहन बहस : बैंकमा बढ्दैछ ‘बोका’ सीइओहरुको अराजकता ! सुरक्षित छन् त हाम्रा चेलीहरु ?

  • अर्थ सरोकार इन्भेष्टिगेसन ब्यूरो 
काठमाडौँ- अलि अगाडीको कुरा हो नेपालमा ठुलो घरानाको बैंक भनेर चिनिएको एक बैंकमा घटेको ‘सेक्स-काण्डले सीइओलाई बैंकबाट मात्र होइन देशबाट पनि भाग्न बाध्य तुल्यायो । करिव दुइ बर्षअघि आफुलाई फाइभस्टार बैंक भन्न रुचाउने एक बैंकमा भएको सेक्स काण्ड पनि बाहिर छताछुल्ल भयो । करिव डेढबर्ष अघि आफुमाथि यौन हिँसा भएको भन्दै प्रहरीकहाँ उजुरी गर्न पुगिन् । तर त्यो घटना त्यसै टालटुले पाराले मिलाइयो । यस्ता अन्य केहि घटनाहरु पनि घटे । तर सबैजसो घटनाहरु सामसुम भए । यसो त अहिले पनि नेपालका धेरै बैंकका सीइओहरुलाई सुरा र सुन्दरी भएपछी केहि चाहिंदैन भन्ने चर्चा ठाउँ-ठाउँमा छन् । आफ्नै सेक्रेटरीलाई यौन हिँसा गरेका कतिपय घटना चर्चामा छन् तर कानुनी रुपमा अगाडी बढेका छैनन् र बढ्ने वातावरण पनि छैन।  त्यसैले भित्रभित्रै भुसको आगो सरी सल्किएको यस्तो प्रवृतिबारे बहस सुरु गर्नुपर्ने बेला भइसकेको छ ।
बैंकमा बोका सीइओहरुको आराजकता बढेकै हो ? समस्या भन्नै डराउँछन् महिला कर्मचारी ! 
नेपालको एक चर्चित बैंकमा काम गरेकी सीइओकि सेक्रेटरी नचाहेरै पनि उक्त बैंक छाड्न बाध्य भइन् । कारण अरु भन्दा पनि पटक-पटक बैंकका सीइओले आफुलाई गरेको दुर्व्यवहार थियो । आइतबार अर्थ सरोकार डटकमका प्रतिनिधिसँग गुनासो पोख्दै उनले भनिन्, ‘घटना बाहिर ल्याउँ भने आफ्नै बेइज्जत हुन्छ । पहिला पनि यस्तै घटना हुँदा एक कर्मचारीले प्रहरीमा उजुरी गरेकी थिइ न् तर सीइओलाइ कारवाही पनि भएन बरु उनकै जागिर गयो । बरु आफैं त्यो ठाउँ छोडेर अर्को जागिर खोजें ।  अर्को ठाउँमा राम्रो अवसर आयो भनेर घरमा ढाँटे । मिडियामा यो कुरा आयो भने त एक कान दुइकान मैदान हुँदै यो कुरा बाहिर आइनै हाल्छ । प्रहरी वा नेपाल राष्ट्र बैंकमा यस्तो उजुरी गरियो भने पनि, ‘ती सीइओले मैले कसलाई त्यस्तो गरें र ?’ भनीहाल्छन्, अव मलाइ गरेका हुन् भनेर भन्न पनि सकिंदैन ।’ 
उनका अनुसार उनले काम गरेको बैंकमा बैंकका सीइओले उनलाई पटक-पटक दुर्व्यवहार गरेका छन् । ‘कहिले मेरो संवेदनशील अंग छुने, तिम्रो ब्वाईफ्रेन्ड छ कि छैन भनेर सोध्ने ? यौनका बारेमा लामो समय कुरा गर्ने पटक पटक उत्तेजित बनाउन खोज्ने,  घुम्न जाने अफर गर्ने र केटीको चाहाना बुझ्ने काम गर्ने भएपछि मसँग जागिर छाड्नुको विकल्प भएन ।’ उनका अनुसार उनका केहि साथीहरुले पनि यस्तो समस्या भोगेको एक-आपसमा सुनाउने गरेका छन् ।
अन्तर्वार्ताबाटै सुरु हुन्छ ‘सेक्सुअल ह्यारेसमेन्ट’ ! कार्यालयभित्रै राखिन्छ यौन प्रस्ताव !
यसो त बैंकमा काम गरिसकेपछी मात्र होइन, बैंकको अन्तर्वार्ताबाट नै यौन हिँसा सुरु हुने गरेको छ । कतिपय बैंकमा अन्तर्वार्ताका समयमा कानुनले हिँसा गरेको भनी उल्लेख गरेको शैलीमा हेर्ने, महिलाहरुको संवेदनशील अंगहरुमा निरन्तर हेरिरहने, सेक्सुअल कुराहरु सोध्ने लगायतका काम समेत हुने गरेका छन् । केहि समय अगाडी मेगा बैंकमा यस्तै प्रकृतिको घटना बाहिरिएको थियो । तर केहि पनि कार्वाही नै अगाडी नबढी उक्त घटना सामसुम पारियो । उक्त घटनाबारे अर्थ सरोकार डटकमले पनि राम्रै फलोअप गरेको थियो । त्यसपछि धेरै बैंकका अन्तर्वार्ताहरुमा यौनसँग सम्बन्धित कुराहरु सोध्न छाडिएको पनि थियो । 
 तर पछिल्लो समय यस्ता प्रकृतिका घटनाहरु फेरि दोहोरिन थालेका छन् । पछिल्लो समय भएका बैंकका केहि अन्तर्वार्ताहरुमा ‘कन्फिड़ेन्स् ‘ जाँच गर्ने बहानामा विभिन्न यौनजन्य कुराहरु विभिन्न महिला कर्मचारीहरुलाई सोधिने गरेको बुझिएको छ । यसले अन्तर्वार्ताबाट नै फरक प्रकृतिको यौन हिँसा सुरु हुने गरेको देखिएको छ । कतिपय सीइओले त कार्यालयभित्रै पनि यौन प्रस्ताव राखेको बताउँछन् । तर उनीहरु यो घटना बाहिर आए आफ्नै बेइज्जत हुने भएकाले यस्ता घटना बाहिर ल्याउनुको सट्टा जागिर नै छाड्ने गरेको बताउँछन् ।
आधा दर्जन बढी सीइओ मल्टिपल रिलेसनमा ! महिलाहरुमाथि असुरक्षाको संकेत !
हुन त तन बुढो भएपनि मन बुढो हुन्न भन्ने उखान पूरानै हो । तर नेपालमा रहेका विभिन्न बैंकहरुमध्ये आधा दर्जनबढी सीइओहरु मल्टिपल रिलेसनमा छन् । यी मध्ये कतिपयले बाहिर कुनै अपार्टमेन्टमै दोश्री अविवाहित महिलालाई ‘गर्लफ्रेन्ड’को दर्जा दिएर राखेका छन् भने कतिपय सीइओहरु छोराछोरीका उमेरका महिलाहरुसँग ‘रिलेसनसिप’मा छन् । कतिपय सीइओहरुले त खुलेआम रुपमै आफु डिभोर्स नजिक भएकाले आफ्नी गर्लफ्रेन्ड भएको खुलेआम रुपमै स्वीकारछन् । यसैबीच नेपालको एक बैंकका सीइओले अपार्टमेन्टमै अविवाहित महिलालाइ राखेका छन् भन्ने थाहा पाएर अर्थ सरोकार डटकमले ती सीइओलाइ यसबारे बुझेको थियो । 
‘म मेरी श्रीमतीसँग सन्तुष्ट छैन । कानुन मिचेको पनि छैन । कानुन अनुसार नै उनलाई डिभोर्स गर्ने तयारीमा छु भने मैले मेरी अर्की जीवनसाथी बनाउने तयारी गर्न नमिल्ने हो र ?’ प्रतिप्रश्न गर्दै उनले भने, ‘तपाईं पत्रकारहरु पनि व्यक्तिगत मामलामा नजाँदा नै राम्रो हुन्छ ।’ हामीले नेपाली बैंकिङ क्षेत्रमा बढीरहेको सीइओहरुको ‘बोका’ प्रवृतिबारे बुझ्न खोजेको र यसले पार्ने असरबारे समाचार तयार गर्न लागेको बताएपछी उनले हाँस्दै भने, ‘खै मैले चिनेका सीइओ साथीहरु त म त धेरै उस्तै देख्छु !’ यहि क्रममा उनले आधा सर्जन बढी नेपाली बैंकका सीइओहरु मल्टिपल रिलेसनमा रहेको बारे खुलासा गरे । हामी यसबारे थप अनुसन्धान गरिरहेका छौं ।
महिलाको पनि गल्ती उस्तै !
यसो त सीइओहरुमा ‘बोका’ प्रवृति बढ्नुमा ती सीइओहरुमात्र दोषी छैनन् । सीइओ भनेपछि ठुलै सपना देख्ने, घरमा आफु सरहकी छोरी छ भन्ने थाहा पाउँदा पाउँदै पनि सीइओसँग कुनै पनि खालको सम्बन्धका लागि तयार हुने, हिँसा भएको थाहा पाउँदा पनि कुरा अगाडी ल्याउन नसक्ने, एक पटक शारीरिक सम्बन्धका लागि तयार हुने र त्यसपछि सीइओसँग नै विभिन्न खाले बार्गेनिङ गर्नेजस्ता हर्कत महिलाहरुबाट पनि हुने गरेका छन् । केहि महिलाहरुले यस्तो गलत काम गर्दा बैंकमा काम गर्ने अधिकांस उच्च तहका काम गर्ने कर्मचारीका सेक्रेटरी, र सीइओसँग नजिक भएर बैंकमा काम गर्ने महिलाहरुको प्रतिष्ठामाथि नै आंच आइरहेको कुरामा कसैको ध्यान गएको देखिंदैन । 
आफु डबल रिलेसनशिपमा भएको स्वीकार गर्ने अर्का एक सीइओ भन्छन्, ‘तपाईंहरु हाम्रोमात्र गल्ती देख्नुहुन्छ । मेरो अफिसमा आउनुहोस्, म कति महिला बैंकरहरुले म विवाहित छु भन्ने थाहा पाउँदा पाउँदैपनि मलाइ कस्ता कस्ता मेसेज पठाएका छन्, देखाईदिउँला ।’ उनका अनुसार कतिपय महिला बैंकर नै ‘चालु’ हुँदा बैंकमा यस्तो समस्या आउने गरेको छ । अर्थ सरोकारसँग कुराकानी गर्दै गर्दा हाँस्दै उनले भने, ‘यार ! मन बुढो भएको छैन । तरुनीहरु पछि लाग्दै आउँछन्, त के गर्नु ?’
सुरक्षित छन् त हाम्रा चेलीहरु ? 
आफैं गल्ती गर्ने महिलाहरुलाई छोडेर के अन्य हाम्रा चेलीहरु सुरक्षित छन् त बैंकमा ? भन्ने ठुलो प्रश्न उठ्न सक्छ । यसमा सबैका आआफ्नै धारणा छन् । केहि महिला बैंकरहरु आफ्नो सुरक्षा आफैं गर्नुपर्ने बताउँछ्हन भने केहि कर्मचारीहरु हिँसा सहेरै भएपनि जागिरचाहिं छोड्न नसक्ने बताउँछन् । यसले गम्भीर असुरक्षाको संकेत गरेको पक्कै छ । आफु अगाडी आएर भन्न पनि नसक्ने, र बल्ल बल्ल पाएको जागिर पनि छाड्न नसक्ने बाध्यताका बीच हाम्रा चेलीहरु असुरक्षित रहेको बुझ्न गाह्रो छैन । यसो त कतिपय केसहरु बाहिर आएका पनि हुन् । तर ती केसहरुमा पनि पीडीतले खासै न्याय पाएको देखिंदैन । आफुले कुरा बाहिर ल्याउँदा दोषीलाई कारवाही पनि नहुने र सामाजले आफुलाई पनि गलत बुझ्ने कारण देखाउंदै आफ्नो समस्या लुकाउन महिलाहरु बाध्य छन् । यसले बैंकहरुमा चेलीहरु असुरक्षित रहेको अर्को संकेत गर्छ ।
के भन्छन् महिलाअधिकारकर्मीहरु ?
यता महिला अधिकारकर्मीहरु भने महिलाहरु स्वयम् आफु नै यस्ता घटनाहरु बाहिर ल्याउनुपर्नेमा जोड दिन्छन्।’ समस्या ठुलो छ । उजुरी गरौँ जागिर जान्छ । नगरौं आफुमाथि हिंसा हुन्छ । यो त बैंकमा मात्र होइन धेरै ठाउँमा यस्तै समस्या भइरहेको छ । आफ्नो बोसका विरुद्ध बोल्दा त्यसले थप अरु समस्या ल्याउन सक्छ भन्दै महिलाहरु खास यो विषयमा बोल्नै खोज्दैनन् ।’ महिला अधिकारकर्मी सावित्री सुवेदीले अर्थ सरोकार डटकमसँग भनिन्, ‘आर्थिक अवस्था कमजोर भएर जागिर खानेहरु यस्ता हिँसामा बढी पर्छन् । तर त्यसको तत्काल समाधान छैन । यो नेपालमा ठुलो समस्या बनेर रहेको छ ।’ 
उनका अनुसार कतिपयलाई त आफु हिँसामा परेको समेत थाह हुँदैन । ‘कतिपयलाई त आफु हिंसामा परेको छु भन्ने नै थाहा हुन्न । प्रसङ्ग नै नआइ हाकिमले यौनका बारेमा अलि बढी चर्चा राख्नु, गलत नियतले हेर्नु लगायतका कुरा पनि हिँसा हुन् भन्ने कुरा नै उनीहरुलाई थाहा हुँदैन । यसमा महिलाहरु सजग बन्नुपर्ने अवस्था छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: