×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

विप्लव नेतृत्वको नेकपाद्वारा वैशाख २२ गते नेपाल बन्द घोषणा ! पढ्नुहोस्, कारण गम्भीर छ ! (बिज्ञप्ति सहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आउँदो बैसाख २२ गते नेपाल बन्दको घोषणा गरेको छ । प्रचण्ड गठबन्धनको केपी ओली सरकारले नेताकार्यकर्तामाथि व्यापक दमन गरेको भन्दै पार्टिले आउँदो २२ गते नेपाल बन्दको घोषणा गरेको हो । 
उनले शुक्रबार एक वक्तव्य जारी गर्दै भ्रष्ट्राचारी, कालोबजारी, राष्ट्रघातीहरुको संरक्षण गर्दै आएको पीके गठबन्धन सरकार नेकपा र उसका समर्थनकर्ताहरुको लागि भने दिनदिनै फासिस्ट बन्दै गइरहेको बताएका छन्। वक्तव्यमा भनिएको छ “वर्तमान केपी—पीके गठबन्धन सरकार दिनदिनै फासिस्ट बन्दै गइरहेको छ । आफूलाई कम्युनिस्ट भनेर जनतामा भ्रम छरिरहेको यो सरकारले जनताको संघर्षबाट प्राप्त सीमित अधिकारहरु पनि खोस्दै गइराखेको छ । विचार राख्ने, सभाजुलुस गर्ने अधिकारमाथि पनि प्रतिबन्ध लगाउँदै गएको छ, भने भ्रष्ट्राचारी, कालोबजारी, राष्ट्रघातीहरुको संरक्षण गरिरहेको छ । भ्रष्टाचार, कालोबजारी, राष्ट्रघातको विरोध गर्ने जनता हाम्रो पार्टीका नेता र कार्यकर्ताहरुलाई घरमा बसिरहेको, सांगठनिक काममा लागेको बेला, भेला सम्मेलन गर्दा गिरफ्तार गरेर बेपत्तासम्म पार्ने काम यो सरकारले गरिराखेको छ । सरकारका यस्ता रवैयाको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ ।’

हेर्नुहोस् बिज्ञप्ति
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: