×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘राजश्वमारा’ एनएलजीमा नेशनल लाइफ इन्सुरेन्सको ‘अवैध’ लगानी ! विमा समितिको निर्देशिका रद्दीको टोकरीमा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार

PRIME CA
laxmi sunrise bank

‘राजश्वमारा’ एनएलजीमा नेशनल लाइफ इन्सुरेन्सको ‘अवैध’ लगानी ! विमा समितिको निर्देशिका रद्दीको टोकरीमा !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- जनताबाट भ्याट उठाएर आफैं झ्वाम पार्ने राजश्वमारा इन्सुरेन्स कम्पनी एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडमा नेशनल लाइफ इन्सुरेन्सको ‘अवैध’ लगानी भेटिएको छ । निर्जीवन वीमा सम्बन्धि काम गर्दै आएको उक्त इन्सुरेन्स कम्पनीले जनताबाट भ्याट उठाउने तर उक्त भ्याट सरकारलाई बुझाउनुको सट्टा आफैं झ्वाम पार्ने गरेको तथ्य अर्थ सरोकार डटकमले यसअघि नै पर्दाफास गरिसकेको छ । 
यसकारण अवैध भयो लगानी !
नेपालको बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले जारी गरेको निर्देशिका विपरित एनएलजीमा लगानी पाइएपछी उक्त लगानी ‘अवैध’ भएको प्रमाणित भएको हो । समितिले जारी गरेको लगानीसम्बन्धि निर्देशिका अनुसार कुुनै एक इन्सुरेन्स कम्पनीमा अर्को इन्सुरेन्स कम्पनीले १५ प्रतिशतभन्दा बढी लगानी गर्न पाउँदैन । तर उक्त नियमलाई रद्दीको टोकरीमा फाल्दै एनएलजी इन्स्योरेन्स कम्पनीमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ५० प्रतिशत सेयर लगानी गरेको खुलासा भएको छ । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार नेशनल लाईफ इन्सुरेन्स कम्पनी लिमिटेडको सुचीकृत सेयरमा कुुल लगानी ७२ करोड ६९ लाख रुपैयाँ छ भने त्यसमध्ये एनएलजी इन्स्योरेन्स कम्पनीमा मात्र नेशनलको ११ करोड २५ लाख रुपैयाँ बराबरको सेयर लगानी रहेको छ । यो बिमा समितिले जारी गरेको निर्देशन विपरित हो । तर यसरी खुलेआम निर्देशिका विपरित काम हुँदा पनि विमा समिति भने रमिते बनेको छ ।

को को छन् त कम्पनीमा गैर कानुनी कामका ‘मतियार’?
यसरी गैरकानुनी रुपमा अवैध लगानी रहेको कम्पनीमा बिमल प्रशाद वाग्ले अध्यक्ष रहेका छन् भने सुरेन्द्र प्रशाद खत्री, भुुपेन्द्र पाण्डे, डा. भरत बहादुर थापा, मनोज श्रेष्ठ र मनोज श्रेष्ठ सञ्चालक रहेका छन् । यी मध्ये भुपेन्द्र पाण्डे चार्टड एकाउन्टेन्ट हुन् । कम्पनीको संचालकमै सिए भएपनि यो कम्पनीले लाखौँ रुपैयाँ भ्याट छली गर्दै आएको तथ्य यसअघि नै अर्थ सरोकार डटकमले सार्वजनिक गरिसकेको छ । सुनिल बल्भव पन्त कम्पनीका सीइओ हुन् । उनी सीइओ भएदेखि नै इन्सुरेन्स कम्पनीका थुप्रै काण्डहरु बाहिरिसकेका छन् । तर उनले जति नै दादागिरी देखाएपनि राजनीतिक आडका भरमा विमा समितिले आँखा चिम्लिंदा उनको दादागिरी जारी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: