×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बिपीसीले ‘अवैध’ आवेदनमा पनि एफपीओको बाँडफाँड गरेको खुलासा, क्यापिटलका सीइओको मिलेमतोको शंका !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- बुटवल पावर कम्पनीले अवैध आवेदनमाथि पनि एफपीओ बाँडफाँड गरेको खुलासा भएको छ । कम्पनीले अवैध रुपमा एफपीओ बाँडफाँड गरेको भन्दै धीतोपत्र बोर्डले विक्री प्रबन्धक एनएमबी क्यापिटललाई स्पष्टीकरण सोधेपछि यस्तो खुलासा भएको हो । बुटवल पावर कम्पनी लिमिटेडको कुल ४० लाख ८१ हजार कित्ता सेयर बाँडफाँड हुँदा एक कम्पनीलाई विक्री प्रबन्धक एनएमबी क्यापिटलले हिमालयन जेनेरल इन्स्योरेन्सको अवैध प्रर्कियाबाट आएको आवेदनउपरसमेत एफपीओ बाँडफाँड गरेको थियो । यो प्रकरणबारे अहिले धीतोपत्र बोर्डले चासो देखाएपछि यस्तो रहस्य बाहिर आएको हो । 

धीतोपत्र बोर्डले सोध्यो स्पष्टीकरण, एनएमबी क्यापिटलको मिलेमतोको शंका !
प्रचलित नियम अनुसार सार्वजनिक निष्काशनको सेयरमा एकै व्यक्ति वा संस्थाले एक भन्दा बढी डिम्याट नम्बर प्रयोग गरेर दोहोरो आवेदन दिएमा त्यसलाई अवैध मानिने भएपनि हिमालयन जनेरल इन्स्योरेन्सले यस्तै गलत काम गर्दा भने एनएमबी क्यापिटलले त्यस्तो अवैध आवेदनलाई पनि सदर गरेको भेटिएको हो । बुटवल पावर कम्पनी लिमिटेडको एफपीओमा हिमालयन जेनेरल इन्स्योरेन्सले १३०१४८०००००२३५९७ नम्बरको डिम्याटबाट १० हजार कित्ताको लागि आवेदन दिएको थियो भने कम्पनीले १३०१४१०००००१५६११ को डिम्याटबाट ६ सय कित्ताको लागि आवेदन दिएको थियो । अझ आफु बाठो भएको जस्तो देखाउना यसमा कम्पनीको नाम हिमालयन जनरल इन्स्योरेन्स कम्पनी मात्र उल्लेख थियो । एउटामा पूरा नाम राख्ने अनि अर्कोमा लिमिटेड नराखेर बठ्याइ गरेको कम्पनीमा एनएमबी क्यापिटलका सीइओ श्रीजेश घिमिरेको समेत मिलेमतो देखिएको आशंका गरिएको छ । यद्यपी यसबारे उनीसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । 
यसो भन्छ एएमबी क्यापिटल र सिडिएसी !
नियम अनुसार चल्ने हो भने यी दुवै कम्पनीको आवेदन रद्ध हुनुपर्ने थियो । तर एनएमबी क्यापिटलको मिलेमतोमा दुबैलाई एफपीओ बाँडफाँड गरिएको आरोप क्यापिटलका सीइओमाथि समेत लागेको छ । यता एनएमबी क्यापिटल भने थुप्रै आवेदनहरु हुने भएकाले हरेकको नाम रुजु गर्न नसकिने उत्तर दिएर आफैं हाँसोको पात्र बनेको छ । क्यापिटलकी प्रबक्ता स्मृति महर्जनका अनुसार हजारौं आवेदन पर्ने हुनाले क्यापिटलले डिम्याट नम्बर युनिक हुने सबैलाई शेयर बाँडफांड गरेको बताउंदै आफ्नो कर्तुत लुकाउने प्रयास गरिन् । तर यहि नाम रुजुका लागि कमपनीले थुप्रै समय खर्चेको हुन्छ । उता सिडिएसीका सीईओ देव प्रकाश गुप्ताले पनि एनएमबी क्यापिटलबाट भएको काम गलत भएको दावी गरेका छन् । यस्तो कमजोरी नहोस् भनेर नै सीआस्वा ल्याउन खोजेको उनको तर्क छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: