×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वर्षको पहिलो दिन पोखराको मसानघाटबाट मुख्य मन्त्रीले गरे यस्तो उद्घोष, पोखराबासी भए खुसीले गदगद् !

काठमाडौँ । पोखराको लास जलाउने ठाउँ रामघाटमा वर्षको पहिलो दिन हजारौँ मानिसहरू जम्मा भए । प्रदेश नं. ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, वातावरण मन्त्री विकास लम्साल, पोखरा लेखनाथ महानगरका मेयर मान बहादुर जिसी लगायत हजारौँ उपस्थित भएर नयाँ वर्षको बिहानीमा समृद्ध पोखराको प्रतिबद्धता जनाए ।
पवित्र धार्मिक स्थलको रूपमा चिनिएको सेती नदी बचाउने उद्देश्यले यो कार्यक्रम गरिएको सेती बचाऊँ अभियानका अभियान्ता पोखरा लेखनाथ महानगरपालिका वडा ९ का सचिव लोकदर्शन कोईरालले बताए । कार्यक्रममा प्रदेश नं. ४ का मुख्य मन्त्री पृथ्वीसुब्ब गुरुङले पोखरालाई हरियाली र पूर्ण सरसफाइ बनाउने प्रतिबद्धता व्यक्त जनाए । उनले प्रदेश सरकारले समृद्ध प्रदेश बनाउने अवधारणा अनुरूप सरकार अगाडी बढेकाले सबैलाई हातेमाला गर्न आग्रह गरे ।
पोखरा र पोखराको सेती नदीमा थुपारिएको फोहोरले पोखरालाई कुरुप बनाएको सहभागी वक्ताहरूले बताए । पोखरा प्राकृतिक रूपमा सम्पन्न भए पनि मानविक कारण अहिले बिग्रँदै गएको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए । हरेक घरमा कम्तीमा दुई बिरुवा हुर्काउन सकेमा सोचेको ग्रिन सिटी बन्ने उनको तर्क थियो । मेयर जिसीले सेती नदीमा फोहोर फल्ने साथै सेप्टी टङ्की मिसाउनेलाई महानगरले कारबाही गर्ने समेत बताए ।
उक्त अवसरमा बृहत् सरसफाइ योजनाको प्रतिपादन गरेर निरन्तर अभियान्ताको रूपमा लागेको भन्दै पोखरा लेखनाथ–९ का सचिव लोकदर्शन कोईरालाई सम्मान गरिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: