पोखरा फाइनान्सको सेयर लिलामीमा बिक्रि खुल्ला, यी ठाउँबाट भर्न पाइने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - पोखरा फाइनान्सले आजदेखि १ लाख ८० हजार ७०१.७४ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । फाइनान्सले संस्थापक समूहको ८० हजार ३४८.२७ कित्ता र सर्वसाधारण समूहको १ लाख ३५३.७४ कित्ता सेयर गरी कुल १ लाख ८० हजार ७०१.७४ कित्ता सेयर लिलामीमा बिक्री ल्याएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलामी भर्नुपर्नेछ । नेप्सेमा यो फाइनान्सको बिहीबारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १४२ रुपैयाँ छ ।

पोखरा फाइनान्सले यसअघि पुस ३० देखि फागुन ६ गतेसम्म ९ लाख ८३ हजार ६८२.७४ कित्ता (१५%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा ३३ हजार ४३८ जनाले ८ लाख २ हजार ९८१ कित्ताका लागि मात्र आवेदन दिएका थिए । बाँकी रहेको १ लाख ८० हजार ७०१.७४ कित्ता सेयर लिलामीमा ल्याइएको हो ।

यसमा आवेदन दिने अन्तिम म्याद चैत २५ गते तोकिएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंसहित शाखा कार्यालय लगनखेल ललितपुरबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, पोखरा फाइनान्सको पोखरा न्यूरोड शाखा र नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, बुटवल, नारायणगढ र धनगढी शाखा कार्यालयबाट पनि लिलामी भर्न सकिनेछ ।
प्रकाशित : Sunday, April 01, 2018

recent

Popular Posts