×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सांग्रिलाको ९ लाख २ हजार कित्ता सेयर लिलामी भर्ने भोलि अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकको ९ लाख २ हजार ९९७.५० कित्ता सेयर लिलामी भर्न सोमबार समेत गरि अब २ दिन मात्र समय बाँकी रहेको छ । मंगलबार कार्यालय समयभित्रमा लिलामी बोलपत्र पेश गरिसक्नुपर्नेछ । बैंकले चैत १३ गतेदेखि संस्थापक समूहको ३ लाख ९२ हजार ७७२.५० कित्ता र सर्वसाधारण समूहको ५ लाख ९ हजार २२५ कित्ता सेयर लिलामी मार्फत बिक्री खुला गरेको हो । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।
बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी, काठमाडौं तथा सांग्रिला डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौं सहित शाखा कार्यालयहरु पोखरा, बुटवल, नारायणगढ, नेपालगञ्ज, सुर्खेत, अत्तरिया र घोरही कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, प्रभु बैंकको विराटनगर, वीरगञ्ज र धनगढी शाखा कार्यालयबाट पनि लिलामी भर्न सकिनेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: