ओली निकट सिएहरुको दौडधुप सफल, आइक्यानका पूर्वअध्यक्ष सुबोध कुमार कर्ण राष्ट्र बैंकको सञ्चालक नियुक्त !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्टस् संस्था (आइक्यान)का पूर्व अध्यक्ष एवम् साफाकासमेत अध्यक्ष सुबोध कुमार कर्ण नेपाल राष्ट्रबैंकको संचालकमा नियुक्त भएका छन् । राष्ट्रबैंकका तत्कालीन संचालक बालकृष्णमान सिंह अवकाश भएपछि रिक्त रहेको पदमा  उनलाइ नियुक्त गरिएको हो ।

 संचार राज्यमन्त्री गोकुल बाँस्कोटाले सिए सरोकारलाई दिएको जानकारी अनुसार मंगलबार बसेको क्याबिनेटले कर्णलाई आगामी ५ वर्षका लागि राष्ट्रबैंकको संचालकमा नियुक्त गरेको हो । उनलाई राष्ट्र बैंकको सञ्चालक बनाउन केपी ओली निकटका सिएहरुले राम्रै दौडधुप गरेका थिए ।  
प्रकाशित : Tuesday, April 24, 2018

recent

Popular Posts