×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सनराइज बैंकले दियो राष्ट्र बैंकलाई ठाडो चुनौती, क्युएफएक्ससँग भयो यस्तो ‘गैरकानुनी’ सम्झौता !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल राष्ट्र बैंकको निर्देशन विपरित सनराइज बैंकले क्युएफएक्स सँग गैरकानुनी सम्झौता गरेको छ । बैंकले टिम क्वेस्ट प्रालि अन्तरगत सम्पूर्ण क्युएफएक्स सिनेमा हलको दुई टिकट किन्दा एउटा निशुल्क दिने योजना सार्वजनिक गरेको छ । बैंकको भिसा डेविट वा क्रेडिट कार्ड प्रयोग गरि टिकट किन्दा यो सुविधा पाउने बताइएको छ । कुनै पनि वस्तु तथा सेवाको उपभोग वा खरिद गर्दा नगदको सट्टामा कार्ड मार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्येश्यले बैंकले यो योजना ल्याएको दावी गरेको छ । यद्यपी नेपाल राष्ट्र बैंकले जिन्सी उपहारको स्किम नल्याउन यस अघि नै निर्देशन जारी गरिसकेको छ ।
‘राष्ट्र बैंकले चाउचाउ कम्पनी जसरी जिन्सी उपहारको स्किम नल्याउन यस अघि नै निर्देशन जारी गरिसकेको छ । यो योजना ल्याउन राष्ट्र बैंकबाट स्वीकृति लिएको छैन, यो योजना एकीकृत निर्देशन प्रतिकुल छ ।’ राष्ट्र बैंकका प्रवक्ता राजेन्द्र पण्डितले भने, ‘पछिल्लो समयमा राष्ट्र बैंकलाई अटेरी गर्ने काम भइरहेको छ । यस विषयमा राष्ट्र बैंक गम्भीर छ ।’ 
यता सनराइज बैंक भने राष्ट्र बैंकको निर्देशिकाबारे आफुलाई केहि पनि थाहा नभएको दावी गर्दै पन्छिन खोजेको छ । यसबारे हामीले सनराइज बैंकमा बुझ्न खोज्दा सुचना अधिकारी विदामा भएको भन्दै मिडियासँग बोल्ने मान्छे आफु भएको दावी गर्ने एक कर्मचारीले आफुलाई यसबारे केहि पनि थाहा नभएको दावी गरेकी छिन् । पछिल्लो समय विभिन्न बैंकहरुले नेपाल राष्ट्र बैंकलाई अटेरी गर्ने कामलाई तीब्रता दिएका छन् । सनराइज बैंकपनि पछिल्लो समय राष्ट्र बैंकलाई ठाडो चुनौती दिने र र विभिन्न विवादहरुमा पर्दै आएको बैंक हो । 
यो पनि पढ्नुहोस् 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: