×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘जसको पैसा चोरिएको छ, उसैले जिम्मेवारी लिन्छ’, सानीमा बैंक सुरक्षित छ कि छैन भन्ने कुरामा बहस गर्न चाहान्न’

  • अर्थ सरोकार सम्बाददाता 
सिन्धुपाल्चोक जिल्ला ठुलो सिरुबारी गाबिस वडा नम्बर ५, हाल चौतारा नगरपालिका वडा नम्बर १३ घर भइ काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नम्बर १ नक्साल बस्ने ४३ बर्षकी बिमला दुलालले आफ्नो घर नजिकै भएका कारण सानीमा बैंकमा खाता खोलेकी थिइन् । ‘नक्सालस्थित बैंकमा रहेको मेरो खाता नम्बर ००१०००११५०३० ‘एन’ मा रहेको खाताबाट विभिन्न ६ थान चेक चोरेर म बसेकै घरमा डेरामा बस्ने रेनुका खड्का नाम गरेकी महिलाले किर्ते हस्ताक्षर गरी रकम झिकेको प्रकरण र त्यसमा बैंकले जवाफदेहिता नलिएको कुराले अहिले बजार तातेको छ । यहि विषयमा बैंकको धारणा बुझ्न हामी पीडीत बिमला दुलालसहित बैंकमा पुगेका थियौं । हामीले उनलाई केहि प्रश्न गरेका छौं । 
१. सानीमा बैंकबाट बिमला दुलालको पैसा चोरियो । बैंकले त जवाफदेहिता लिएन नि ?
अहिले यो केस प्रहरीकहाँ पुगेको छ । फर्जरी प्रमाणित भयो भने बैंकले के गर्नुपर्ने हो गर्छ । बिमला दुलाल पीडीत हुनुहुन्छ । तर बैंकको आन्तरिक अनुसन्धानबाट त्यो फर्जरी होइन भन्ने हामीलाई लागेको छ । सहि मिलेर नै पैसा दिइएको हो भन्ने हामीलाई लागेको छ । (मैले गर्दै नगरेको सहि कसरी मिल्यो भनेर पीडीत दुलालले सोध्दा उनले उत्तर दिएनन् ।) 
२. यहि कुरा हाम्रो क्यामरामा भन्दिनुहोस् न !
नाइँ नाइँ ! मलाइ क्यामरामा नजोड्नु होला । मलाइ क्यामरामा नै बोल्नुपर्ने यो विषय हो जस्तो लाग्दैन । केस पुलिसकहाँ पुगेको छ । नेपाल सरकारको एउटा निकायले अनुसन्धान गरिरहेको विषयमा हामीले हाम्रो धारणा व्यक्त गर्न मिल्दैन । अव जे हुन्छ, उतैबाट हुन्छ । (किन नबोल्ने गलत गरेको छैन भने बोल्नु पर्यो नि : बिमला)
३. यहि कुरा क्यामरामा भन्दिनुहोस् न ! दुवै पक्षको कुरा सुन्दा न्यूज ब्यालेन्स हुन्थ्यो नि !
नाइँ मलाई त्यसो गर्न अप्रुभल नै छैन । मैले यहाँ अप्रुभल लिनुपर्छ ।
४. सुचना अधिकारीले बैंकको यत्रो केसमा मिडियासँग बोल्न अप्रुभल लिनुपर्छ ?
पर्छ । त्यो हाम्रो आन्तरिक नियम हो ।
५. एक लाख भन्दा बढी भुक्तानी गर्दा परिचयपत्र किन मागीएन ?
त्यो बेला परिचयपत्र माग्नुपर्ने नियम अनिवार्य थिएन । कोहिसँग मागिन्थ्यो, कोहिसँग मागिन्नथ्यो । त्यो केसमा मागिएनछ । (नियम भनेको मलाइ मात्र लाग्ने हो ? मेरो पैसा चोर्नेलाई किन नियम नलागेको ?: बिमला)
६. अव पैसा त हरायो । यसको जिम्मा कसले लिन्छ ?
जसको पैसा चोरिएको छ, उसैले जिम्मेवारी लिन्छ । हाम्रो हिसावले त हामीले सहि मिलेर नै पैसा दिएका हौँ । बाँकी कुरा म के भनौं र ? पुलिसको रिपोर्ट आओस् अनि कुरा गरौंला नि !
७. भनेको सानीमा बैंकबाट जसले जस्तो पैसा किर्ते गरेर निकाल्दा पनि हुन्छ ?
त्यो फर्जरी भएको हो भन्ने प्रमाणित भयो भने बैंकले जिम्मा लिन्छ, नत्र त लिने कुरै भएन नि !
८. यसरी त बैंक पुरै दादागिरी शैलीमा उत्रियो नि ?
त्यस्तो होइन । हामीलाई पनि नियमन गर्ने निकाय छ । राष्ट्र बैंक छ, उसले हेरेको नै होला नि हामीलाई पनि ।

९. सानीमा बैंक सुरक्षित छैन भन्ने कुरा त पुष्टि भयो नि ?
सानीमा बैंक सुरक्षित छ कि छैन भन्ने कुरामा बहस गर्न चाहान्न । हामीलाई हेर्ने निकाय छ, उसले हामीलाई पक्कै हेरिरहेको छ नि ।
१०. हो यहि कुरा क्यामरामा भन्दिनुहोस् न त !
क्यामरामा हुन्न । मैले अप्रुभल लिनुपर्छ । त्यो लिएको छैन । मलाइ अलि हतार पनि छ बरु कुरा टुंग्याउं ।
(त्यसपछि पीडीत बिमला दुलाल निराश भएर बैंकबाट फर्कीइन् ।) 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: