×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

विकसित नेपाल निमार्णमा २०७५ सफल हुनेछः राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभा नेपालका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ वर्ष २०७५ सालको शुभकामना दिएका छन् । उनले नयाँ वर्षको सुखद अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
उनले तीन तहको निर्वाचन सम्पन्न गरेर संविधान कार्यन्वयनको एउटा महत्वपूर्ण चरण पूरा गरी २०७४ साललाई ऐतिहासिक रुपमा बिदा गरेका छौं । यो २०७४ सालको सबैभन्दा महत्वपूर्ण उपलब्धि हो । तीन तहका निर्वाचन सँगै राजनीतिक संक्रमणकालको अन्त्य भएको छ । संविधानले व्यवस्था गरेका नेपाली जनताका मौलिक हक अधिकार व्यवहारमा उपभोग गर्न सक्ने सामथ्र्य निर्माण गर्न सक्नु नै संविधान कार्यान्वयनको महत्वपूर्ण काम हुनेछ ।
सामाजिक न्याय, सुशासन, आर्थिक समृद्धि र दिगो विकाससहितको प्रगति पथमा अगाडि बढ्न तथा संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख नेपाली समाज निमार्ण तथा सुखी र खुशी नेपाली एवं समृद्ध नेपाल निमार्ण गर्ने दिशामा सम्पूर्ण राजनीतिक दल र नेपाली समाज एकताबद्ध भएर अगाडि बढ्न सकौं भन्ने शुभकामना दिएका छन् ।
विकसित नेपाल निमार्णको दिशामा २०७५ साल सफल हुनेछ भन्ने विश्वासका साथ सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना दिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: