×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

युनाइटेड इन्सुरेन्सलाई बीमा समितिले गर्यो यस्तो ‘एक्सन’, २४ करोड प्रकरणले रोकियो हकप्रद निष्काशन !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- युनाइटेड इन्सुरेन्स कम्पनीलाई बीमा समितिले कारवाही गरेको छ । कम्पनीलाई समितिले नक्कली दावी भुक्तानी दिएको २४ करोड रुपैयाँ असुल गरेर मात्र हकप्रद निष्काशन गर्न पाउने गरी कारवाही गरेको हो । सीजी इलेक्ट्रोनिक्सलाई नक्कली बिमा दावीमा कम्पनीले भुक्तानी दिएको भन्दै २४ करोड तिर्नुपर्ने भन्दै अदालतले फैसला गरेको थियो । 
‘यो विवाद अव सामान्य रहेन । हामीले कम्पनीलाई २४ करोड उठाएपछी मात्र हकप्रद जारी गर्न दिन्छौं भनेर निर्देशन दिएका छौं । अनेकुन राजनीतिक दवाव आएको छ । तर हाम्रो अडानमा हामी अडिक छौं ।’ बीमा समितिका एक उच्च अधिकारीले अर्थ सरोकार डटकमसँग भने, ‘राजनीतिक आडमा मनपरी गर्न खोजिएको छ । तर यसपाली हाम्रो अडानमा हामी अडिक छौं ।’ 
युनाइटेड इन्सुरेन्स कम्पनीले पुँजी बृद्धिका लागि १ः२.४ अनुपातमाहपकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: