×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भायनेटका एमडीलाई खुलापत्र, ‘लुट्नु नै छ भने बन्दुक बोकेर हिड्नुस्, किन इन्टरनेटको व्यापार गर्नुहुन्छ ?’ [रिभ्यू-३]

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ बैशाख २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

भायनेटका एमडीलाई खुलापत्र, ‘लुट्नु नै छ भने बन्दुक बोकेर हिड्नुस्, किन इन्टरनेटको व्यापार गर्नुहुन्छ ?’ [रिभ्यू-३]


भायानेटका एमडी बिनय बोहोराज्यू नमस्कार !
आज नालेखौं भन्दापनि यो पत्र लेख्न बाध्य भएको छु म । तपाईंको कम्पनीमा बसेका सपोर्ट र सेल्सका कर्मचारीको झुर रेस्पोन्सबाट वाक्क भएपछी तपाईंलाई पत्र नलेखी बस्न सकिएन । त्यसको विकल्प पनि भएन । आशा छ तपाईंले यसको प्रतिक्रिया दिनुहुन्छ होला । भायानेटले जनता ठग्छ, सपोर्ट झुर छ, सर्भिस थर्डक्लासको छ र पाइलै पिच्छे ठग्छ भन्ने कुरा त हामी पीडीतभन्दा तपाईंलाई नै बढी थाहा होला । दिनमा सयौं जनतालाई जो पीडा पाईरहेका छन् तपाईंको कम्पनीबाट । इन्टरनेटको व्यापारका नाममा ठग्न बसेको कम्पनीको मालिक भइरहंदा तपाईंलाई कहिलेकाहीं खुब हिनतावोध हुन्छ कि हुँदैन थाहा छैन, तर भायनेट जस्तो झुर कम्पनीले नेपालीलाई ठगीरहेको देख्दा हामीभने निकै दुखी छौं । 
हुन त यसअघि पनि मैले २ रिभ्यूमा मेरो समस्या भनेको नै छु । दुश्मनले पनि भायनेटको सर्भिस नलियोस् भनेर कामना पनि गरेको छु, पशुपतिनाथसँग प्रार्थना पनि गरेको छु । तर पनि मेरो समस्या फेरि एक पटक भन्न चाहान्छु । हामीले २०१८ अप्रिल २ तारिखमा शुभम् मिडिया प्रालिका नाममा एक वर्षको कुल २८ हजार ४ रुपैयाँ (भ्याटसहित) तिरेर भायानेटको सर्भिस लियौं । सर्भिस लिनुअघि कर्पोरेट प्लान ६ एमबीपीएस नेटले ३ वटा ल्याबटप चलाउँदा त निकै राम्रो चल्छ भन्ने कुरा भनिएको हामीलाई । तर ३ वटा ल्याबटपमा नेट त परै जाओस् एउटा ल्याबटपमा भायानेटकै साइट पनि खुलेन । सपोर्टमा फोन गरेर थुप्रै कुरा गरियो, अहँ उनीहरुले बनाउन सकेनन् । राउटरमा केहि समस्या हो कि भनेर त्यो पनि बनाइयो, त्यसले पनि भएन । 
केहि सीप नलागेपछी हामीले सेवा फिर्ता गर्ने भनेर निर्णय लियौं । तर हामीलाई ठग्ने काम भयो । आधा महिनाजसो भयो विभिन्न बहाना गरेर हामीलाई पैसा फिर्ता दिइएको छैन । ३ दिन इन्टरनेट जोडेर ९०८ पैसा काटिने भनियो । जवकी १ हप्ता ट्रायल हुन्छ समेत भनिएको थियो हामीलाई । भ्याट वापतको रकम पनि कम्पनीले नै राख्ने भन्ने कुरा गरियो । जवकी एक हप्ताको ट्रायल सकिएपछी मात्र त्यसलाई बुक गर्नुपर्ने थियो । हिसावमा त कति ठगेको छ भन्ने कुरा पनि देखियो । कर छली पनि हुँदोरहेछ भन्ने कुरा बुझियो । तर त्यसमा हामीलाई चासो भन्दा पनि इन्टरनेट नचलेका कारण हामीलाई सेवा फिर्ता लिनु थियो । राउटर कम्पनीले लागिसक्यो । तर हाम्रो पैसा फिर्ता भएको छैन। 
समग्रमा ७ दिन पनि सर्भिस नलिइ र ७ मिनेट पनि इन्टरनेट राम्रोसँग चलाउन नपाइ हामीलाई भायनेटले झन्डै ७ हजार ठग्यो । यसको हिसाव मैले अघिल्लो रिभ्यूमा लेखिसकेको छु । अर्ली चार्च भनेर पनि पैसा काट्ने कुरा भएको छ । २८००० को सेवा फिर्ता गर्दा झन्डै ७००० बढी पैसा ठगीने यो कस्तो पेसा हो ? जोड्न एक कल फोन गरेकै भरमा आउने अनि सेवा लिन्न भन्दा महिनौंको झन्झट के हो यो ? सर्भिस जोड्दा कुनै पनि चीज मागीएन । तर सर्भिस फिर्ता लिन्छु भन्दा नागरिकताको कपि चाहिन्छ, कम्पनीका डकुमेन्ट चाहिन्छ भनेर निहुँ खोजियो । म आफुलाई ठग्ने एउटा प्राइभेट लिमिटेड कम्पनीलाई मेरो व्यक्तिगत विवरण खुल्ने नागरिकता किन दिउँ ? उसले नागरिकता माग्नुको अर्थ के ? यहाँ देशको संविधानले नागरिकलाई दिएको गोपनियताको हकको पनि बर्खीलाप भएको छ । ठग कम्पनीको दादागिरि किन यति धेरै ? प्रश्नहरु अनेकौं छन् । उत्तर कसले दिने । 
कम्पनीका आफुलाई उक्त प्लानको प्रमुख भन्ने अमीत नाम नगरेका व्यक्तिलाई मैले पटक पटक फोन गरेको छु । तर उनले मलाइ रेस्पोन्स नै गर्दैनन् ? उनलाई ग्राहकको फोन नउठाउनु है ! हामीले ठगेपछी पुग्यो ! भनेर राखेको हो र ? उनको फोनमा हामीले कति पटक फोन गरेका छौं भन्ने कुरा बुझ्नुहोला । कतिपटक एसएमएस गरेका छौं भन्ने पनि बुझ्नुहोला । लोकत्रान्त्रिक देशमा यो कुन हदसम्मको पेलाहा काम हो ? म त कामना गर्छु, ‘दुश्मनले पनि यो भायानेटको नेट नाजोडोस् । ६ एमबीपीएस कर्पोरेट प्लान अन्तर्गतको भायानेट भन्दा त एडीएसएलको ५१२ केबीपीएस कति फाष्ट, फाष्ट ! यहि प्रार्थना गरेर मैले कारणसहितको रिभ्यू यसअघि पनि लेखिसकेको छु । फुर्सद भए पढ्नुहोला । 
आदरणीय एमडी सर,
अन्त्यमा मेरो भन्नु केहि छैन तपाईंलाई । मेरो २८००० रुपैयाँ खाएर तपाईं धनी हुनुहुन्छ भने मेरो शुभकामना छ । तर जनताको रगत र पसीना चुसेको पाप तपाईंहरुलाई पक्कै लाग्नेछ । यदी ठगी नै गर्नुछ भने बाटोमा बन्दुक बोकेर हिंड्नुहोस्, तस्करी गर्नुहोस् बरु, किन इन्टरनेटको व्यापारको खोल ओढेर ठगी गर्नुहुन्छ ? यसो त तपाईंले प्राधिकरणलाई तिर्नुपर्ने राजश्व पनि तिर्नुभएको छैन भन्ने खबर सबैलाई थाहा भइसकेको छ । कसको आडमा हुँदैछ यस्तो दादागिरी ? विचार गर्नुहोस् एमडी सर, जनता भेडा छैनन्, तपाईंको यो ठग प्रवृतिका विरुद्ध एक दिन जनता जाग्नेछन्, त्यसमा मेरो पूर्ण रुपमा समर्थन हुनेछ ।
तपाईंको प्रतिक्रियाको अपेक्षा सहित
सुरज प्याकुरेल 
भायनेट पीडीत 
(सुरज प्याकुरेल अर्थ सरोकार डटकमका प्रधान सम्पादक हुन्। )
यो पनि पढ्नुहोस् 

‘७ दिनसम्म नचलेपछि सेवा फिर्ता लिन्छौं भन्दा यसरी ठगियौं… दुश्मनले पनि नजोडोस् भायनेटको सर्भिस !’ [रिभ्यू-२]

‘जिन्दगीमा दु:ख नै पाउन मन भए थुप्रै तरिका छन्, भायानेटको सर्भिस लिनु, त्योमध्ये सबैभन्दा राम्रो उपाय रहेछ’ [रिभ्यू]

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: