×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘जिन्दगीमा दु:ख नै पाउन मन भए थुप्रै तरिका छन्, भायानेटको सर्भिस लिनु, त्योमध्ये सबैभन्दा राम्रो उपाय रहेछ’ [रिभ्यू]

  • सुरज प्याकुरेल 
केहि समय अघि  क्लासिक टेकको मार्केटिङ विभागकि कर्मचारीसँग कम्पनीको सर्भिस खासै सन्तोषजनक नभएको गुनासो गर्दा उनले सुनाएकी थिइन्, ‘ हाम्रो सुधार हुँदैछ । बरु अहिले भायानेटको सर्भिस राम्रो छ ।’  एउटा कम्पनीको मान्छेले कोहि अरु कम्पनीको नेट रिफर गरिन् भनेपछि पक्कै हामीले भायानेट राम्रो छ भन्ने बुझ्यौं । त्यस्तैमा अर्का एक साथीले पनि भायानेट राम्रो छ भन्ने प्रतिक्रिया दिएका थिए । हुन त अरु दुइचार जनालाई नसोधी सर्भिस लिनु हाम्रो नै गल्ती थियो । अहिले आएर पो थाहा भयो, त्यो साथीले पनि आफुले प्रयोग गरेर होइन अरुले सुनाएकै भरमा मलाइ गफ दिएका रहेछन् । अनि क्लासिक टेककि कर्मचारीले हामीलाई त्यसो भन्नुको कारण भायानेट र क्लासिकटेक मर्ज हुँदै रहेछन् ।
तर हामी फस्यौं । ६ एमबीपीएस अनलिमिटेड नेट जोडियो । तर नेट त यतिसम्म थर्ड क्लास रहेछ कि यो समाचार तयार गर्न पनि अर्कै नेट भएको ठाउँमा आउनुपर्यो । 
हामीले २०१८ अप्रिल २ तारिखमा शुभम् मिडिया प्रालिका नाममा एक वर्षको कुल २८ हजार ४ रुपैयाँ (भ्याटसहित) तिरेर भायानेटको सर्भिस लियौं । सर्भिस लिनुअघि कर्पोरेट प्लान ६ एमबीपीएस नेटले ३ वटा ल्याबटप चलाउँदा त निकै राम्रो चल्छ भन्ने कुरा भनिएको हामीलाई । अरु कम्प्युटरमा अर्कै सर्भिस प्रोभाईडरको नेट छ हामीसँग । सम्पादकका लागि मात्र यो सर्भिस चाहिएको थियो । अर्थात एउटामात्र कम्प्युटरमा भायानेटको नेट चलाउनु पर्ने थियो । तर नेट त चल्दै चलेन । अरु त के कुरा आफ्नै अनलाइन अर्थ सरोकार डटकम पनि खुलेन । के समस्या रहेछ भनेर भायानेटको साइट खोल्न खोजेको त्यो पनि राम्रोसँग खुलेन ।
हामीले भायानेटमा सम्पर्क गर्यौं । सपोर्टमा दिइयो । सपोर्टको साथीले करिव ४५ मिनेट हामीसँग कुरा गरेर एक सफ्टवेरका माध्यमबाट हाम्रो कम्प्युटर हेरे । उनले खोल्दा पनि भायानेटको साइट पनि राम्रोसँग चलेन। उहाँले आफुलाई गर्न आएजति सबै कुरा गरिदिएको बताउनुभयो नेट चलेन । राउटर रिस्टार्ट गर्न भनियो । र पनि चलेन । केहि समस्या छैन भनियो तर नेट चल्दै चलेन ।
त्यसपछि हामीले कम्पनीको कर्पोरेट सेल्समा फोन गर्यौं । त्यहाँका एक जना कर्मचारीले हामीलाई सपोर्टमा कुरा गरेर खबर गर्छु भने । तर न खबर नै आयो, न नेट नै चल्यो । हामीले फेरि पटक पटक फलोअप गर्यौं । अहँ केहि समाधान भएन । पहिला यस्तै झुर सर्भिस क्लासिकटेकको थियो । हामीले पुतलीसडकमा कार्यालय हुँदा भोगेको अनुभव । पछी थाहा भयो कि यी दुइ झुर सर्भिस अहिले मर्ज समेत हुँदा रहेछन् ।
बर्षको २८ हजार ४ रुपैयाँ तिरेर ६ एमबीपीएसको नेट जोड्दा एउटा कम्प्युटरमा पनि राम्रोसंग नेट चल्दैन भने त्योभन्दा ‘थर्डक्लास सर्भिस’ अरु के नै हुन सक्छ र ? त्यसैले हामी यो समाचार पढिरहेका सबैलाई भन्छौं, ‘भायानेटको सर्भिस निकै नै झुर रहेछ । जिन्दगीमा दु:ख नै पाउन मन भए थुप्रै तरिका छन्, भायानेटको सर्भिस लिनु, त्योमध्ये सबैभन्दा राम्रो उपाय रहेछ । नेटभन्दा झुर सपोर्ट रहेछ । सपोर्टभन्दा झुर कर्पोरेट सेल्समा रहेका कर्मचारीको प्रतिकिर्या शैली रहेछ । 
म त कामना गर्छु, ‘दुश्मनले पनि यो भायानेटको नेट नाजोडोस् । ६ एमबीपीएस कर्पोरेट प्लान अन्तर्गतको भायानेट भन्दा त एडीएसएलको ५१२ केबीपीएस कति फाष्ट, फाष्ट !

(सुरज प्याकुरेल अर्थ सरोकार डटकमका प्रधान सम्पादक हुन्। )
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: