×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिन्डिकेटका नाममा मनपरी गर्न नपाएपछी यातायात व्यवसायीको निर्णय, ‘देशभर चक्का जाम गर्ने’

काठमाडौँ- सिन्डिकेटका नाममा नपरी गर्न नपाएपछी यातायात व्यवसायीले कठोर निर्णय लिएका छन् । उनीहरुले देशभर बैसाख २६ गतेदेखि चक्का जाम गर्ने निर्णय गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सांकेतिक रुपमा वैशाख २० गते सबै यातायातका साधन बन्द गर्ने निर्णय गरेको छ । 
त्यसपछि २६ गतेसम्म भद्रगोल रुपमा सार्वजनिक यातायात सञ्चालन गर्ने रणनीति पनि तय भएको छ । यो बीचमा ट्राफिक नियम पनि नमान्ने निर्णय भएको स्रोतको दावी छ । केहि यातायातका चालक समातिएपछी आन्दोलनले झन् ठुलो रुप लिने उनीहरुको तर्क रहेको स्रोतको भनाइ छ ।  
आन्दोलनमा ट्रक व्यवसायीदेखि टि्रपर र ट्यांकर व्यवसायीले पनि साथ दिएका छन् । आफ्ना आन्दोलनका कार्यक्रबारे जानकारी दिन वैशाख ५ गते पत्रकार सम्मेलन गरिने महासंघले जनाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: